ताजा समाचार

हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला , तिन पक्राउ

  • चैत २१, २०७४
  • ९१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २१ |महोत्तरीमा एक महिलाको हत्या गरिएको अवस्थामा शव बोरामा फेला परेको छ । मटिहानी नगरपालिका ४ मा मटिहानी नगरपालिका २ बस्ने ३० वर्षीया पुनमदेवी दासको हत्या गरी शव जुटको बोरामा राखेर फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दासको शव जनकपुर मटिहानी सडकखण्डमा गएराति १ बजेतिर सडक किनारमा जुटको बोरा भित्र राखेर फालिएको अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख कुबेर कडायतका अनुसार मंगलबार अपरान्ह ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा आफन्तले जानकारी गराएका थिए । प्रहरीको विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु लाई अनुशंधाको लागि राखेको हुनाले अनुशंधन्मा बाधा पुग्ने भनि नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤