हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला , तिन पक्राउ

  • चैत २१, २०७४
  • ८१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २१ |महोत्तरीमा एक महिलाको हत्या गरिएको अवस्थामा शव बोरामा फेला परेको छ । मटिहानी नगरपालिका ४ मा मटिहानी नगरपालिका २ बस्ने ३० वर्षीया पुनमदेवी दासको हत्या गरी शव जुटको बोरामा राखेर फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दासको शव जनकपुर मटिहानी सडकखण्डमा गएराति १ बजेतिर सडक किनारमा जुटको बोरा भित्र राखेर फालिएको अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख कुबेर कडायतका अनुसार मंगलबार अपरान्ह ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा आफन्तले जानकारी गराएका थिए । प्रहरीको विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु लाई अनुशंधाको लागि राखेको हुनाले अनुशंधन्मा बाधा पुग्ने भनि नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१