नेपाली कांग्रेसद्वारा सांघातिक हमलाका दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी

  • भदौ २०, २०८०
  • ६०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २० । काठमाण्डौ स्थित रिपोर्टस क्लबबाट बोलेर बाहिरिने क्रममा नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि आज दिउसो करिब १ बजेर १५ मिनेटको समयमा सांघातिक हमला भएको थियो । घटना स्थलबाट प्रहरीले दोषीलाई नियन्त्रणमा लिएको अवस्था एकातिर रहेको छ भने अर्कोतिर सख्त घाइते नेता महेन्द्र यादवको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ । घटनामा संलग्नलाई कारबाहीको लागि नेपाली कांग्रेस पार्टीको बी .पी. स्मृति भवन ,ललितपुर स्थित रहेको केन्द्रीय कार्यालयबाट विज्ञप्ति जारी गरिएको छ ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलको हस्ताक्षार भएको विजिप्तिमा भनिएको छ " उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समुह ऊपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ " त्यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले समेत विज्ञप्ति मार्फत घटनाप्रति गम्भीर ध्यनाकर्षण भएको बताएको छ ।

साथै नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयले विज्ञप्ति मार्फत दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय भन्दै घटनाको भर्त्सना गरेको छ । देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरुक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको उनीहरूको आरोप छ । घाटनाको संपूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनुपर्ने अडान विद्यार्थी संघले लिएका छन । खुकुरीसहित नियन्त्रणमा लिइएको सापकोटाको घर नुवाकोटको विदुर भई हाल उनी बालाजु क्षेत्रमा बस्दै आएको बुझिएको छ । टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

समाजसेवामा समर्पित इ ...

लहान असार ३ । जीवनदान दिने सच्चा नायक मधेशको माटोमा जन्मिएर समाज र जनताको पीडा आफूमाथि बोकेर निःस्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१