सुरेश यादव,नवलपरासी / भदाै २० । पश्चिम नवलपरासीकाे परासीमा कृष्ण जन्मअष्टमीकाे अवसरमा कृष्ण जन्माेत्सव तथा जग्गा दाता सम्मान एवम् आजिवन सदस्ता वितरण कार्यक्रम गाेपाल सेवा समिति नवलपरासी द्वारा सम्पन्न भएकाे छ । गाेपाल सेवा समिति नवलपरासीका अध्यक्ष बुद्धिराम यादवकाे अध्यक्षता तथा जग्गा दाता रामग्राम न.पा वडा नं ८ निवासी सुरेन्द्र नाथ यादवकाे प्रमुख आतिथ्यता एवम् पुर्व रक्षा राज्य मन्त्री तथा सेवा समितिका सल्लाहकार रामवचन यादव,जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादव,प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव र सेवा समितिका केन्द्रीय सदस्य बिक्रम प्रसाद यादव विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रमुख अतिथि सुरेन्द्र नाथ यादवले गाेपाल सेवा समितिलाई ३६ धुर जग्गा दान गरेकाे कार्यक्रम मार्फत घाेषणा गर्नुभएको हाे । कार्यक्रमलाई संवाेधन गर्दै जग्गा हस्तान्तरण गरेर मात्र नहुने भएकाेले यादव समाज एवम् गाेपाल सेवा समितिका सम्पूर्णलाई लाग्नुपर्ने देखिन्छ । जग्गामा छिटै सेवा समितिले भाैतिक पुर्वधारका सन्चर्नाहरु निर्माण गर्ने विश्वास व्यक गर्नुभयाे ।

कृष्ण र राधा काे परासी काे नगरपर्मिका गरि काेढ सभामा परिणत भएकाेथियाे । कार्यक्रममा जनत समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव,रामग्राम ११ का वडा अध्यक्ष धनिराम यादव,रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, पत्रकार सुरेश यादव,अनिल यादव, नन्दु यादव र रवीन्द्र यादव लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य सेवा समितिका बरिस्ठ उपाध्यक्ष ईन्द्रकमल यादवले राख्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic