Siraha Times
ताजा समाचार

धुमधामका साथ कृष्णा जन्माष्टमी मनाइँदै

  • भदौ २०, २०८०
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २० । भगवान श्री कृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा मथुरामा आज कै दिनमा भएको शास्त्रमा वर्णित गरिएको पाइन्छ । कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म मध्यरातमा भएको धार्मिक मान्यता छ । भगवान कृष्णको जन्म भएको बखत जेलका सबै ढोका आफै खुलेका थिए भने उनका माता पिताको सिक्री आफै खुलेका थिए । जेलमा पहरा दिँदै आएका शैनिकरु निद्राले त्यही ढलेका थिए ।

त्यसैबेला वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावन स्थित मित्र नन्दका घरमा पुगाऊ ’ भन्ने आकाशवाणी भएको थियो । कंशले आफ्ना बुवालाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए त्यसबेला एउटा भविष्यवाणीबाट डराएर उनले देवकी र उनको पतिलाई जेलभित्र कडा निगरानीमा कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो । कंशले देवकीका सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन् । आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो । जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुर्याउन लगाए ।

वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पुर्याए र कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए तर हातबाट उडेर आकासबाट कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन् । कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए । पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे । धार्मिक मान्यताका कारण रातभरि जाग्राम बसेर यो पर्व मनाइन्छ । साथै शक्ति पिठहरुमा धुमधामसँग मेला लाग्ने चलन पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका वडा नं ...

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा&r ...

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१