जनतामावि पर्सापोखर्भिण्डामा तालाबन्दी खुलेयाम पशुपतिद्वारा १ करोडबढीको भ्रष्टाचार निकाय सेटिङ्गमा

  • भदौ १९, २०८०
  • ६६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान, भदौ १९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार)का प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको घटोला गरि भ्रष्टाचार गरेको पाइएको छ। स्थानीयहरुले पटकपटक गाउँलेहरुको अभिभावक भेलामा प्र.अ. पशुपति शाहलाई हरहिसाब मांग गरिदै आएको छ। समाज भेलालाई अटेर गर्दै आएका प्र. अ. पशुपति शाहले आज मंगलबार विद्यालयबाट बाहिरिए पछि स्थानीय समाजिक अगुवाहरुले विद्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको छानबिन समितिले जानकारी गराइएको छ।

Open photo

यता , लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चचुरान्नद ठाकुरले पछिल्लो समाजिक भेलामा भनेको थियोे आउँदो भदौ -१५ गतेसम्ममा प्रअ साहलाई निकायद्वारा कार्यवाही गर्ने भनिएको थियोे । तर, महिनौं लाग्दा छानबिन समितिले पालिका अध्यक्षलाई लिखित मौखिक जवाफ मांग गर्दा पालिका अध्यक्ष ठाकुर मौन रहेको चन्द्रशेखर यादवले बताउनुभयो । तलदेखि माथिसम्म हरेक काम अनुसन्धानकर्ता सेटिङ्गमा भएपछि प्रअको कार्यवाही सुस्त देखिएको छ। विद्यालयमा तालाबन्दी भएसी पठनपाठनमा समस्या अवरुद्ध भइरहदा सम्बन्धित निकाय अख्तियार टोलीले विद्यालयमा छापा दिनुपर्ने आवश्यक देखिन्छ ।

पछिल्लो समय प्रधानध्यापक साहले नक्कली बील भर्पाई पेश गरि करोडौं रकम हिनामिना गरि भ्रष्टाचार गरेको छ। गाउँलेहरुको भेलामा रकम हिनामिना हरहिसाब छानबिनमा १ करोड बढी भ्रष्टाचार गरेको खुलेको छ। लक्ष्मीपुर पतारी गाउँपालिकाको संघिय सरकारको बजेट तथा आन्तरिक आम्दानीको रकमले सामाग्री खरिद , भवन निर्माण ,पत्रपत्रिकामा विज्ञापन शुल्क , मोबाइल खरिद लगायत अनेकन शिर्षकहरुमा १ करोड ४ लाख ८८ हजार ५ सय २० रुपैयाँको अनियमितता गरि भ्रष्टाचारको आरोप लागेको छ ।

यो सँगै , सो गाउँलेहरुको भेलामा प्र.अ. साहले गरेको भ्रष्टाचारको रकम तत्काल विद्यालयको खातामा जम्मा गर्न आग्रह गर्दै यदि जम्मा गरेन भने - आफू गाउँलेहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी दिन नपरोस् भनी छानबिन समितिका संयोजक इन्दु चौधरीले चेतावनी दिइएको थियो । प्रतिबेदनमा सार्वजनिक भए अनुसार - समान खरिद पछि दाखिला खाता परिणाम तथ्यांक राख्नुपर्ने थियो तर स्टोरमा समान पनि थिएन । न तदाखिलाका खाता रकम लाखौंलाख रुपैयाँ नगद तथा चेकमार्फत भुक्तानी भएको छ।

प्राविधिक सामाग्रीहरु खरिदमा बजारमा पाउने मुल्यभन्दा ४ गुना बढी महंगो र गुणस्तरहीन सामाग्री किनेको तर त्यो सामाग्री कामै नलाग्ने २० वर्ष पुराना समान खरिद गरि रकम हिनामिना गरेको गाउँलेहरुको ठहर छ। यो सँगै , सो सार्वजनिक भेलामा पालिका अध्यक्ष चतुरान्नद ठाकुरले भनेका थिए - मावि पर्सा पोखर्भिण्डामा व्यापक भ्रष्टाचार भएको छ। हामी सबै मिलेर यस्ता भ्रष्टाचारी पशुपति साहलाई कानुनी प्रक्रियाबाट कार्वाही गर्ने बताइएको थियो ।

अभिभावकहरुले पटकपटक प्र.अ. पशुपति साहलाई विद्यालयको हरहिसाब गर्न सार्वजनिक गर्न आग्रह आएका छन् । तर , प्रअ साहले अभिभावकहरुलाई वास्तै नगरिदा हामी हरहिसाब सार्वजनिक गर्न पुरै समाज भेलागरि छानबिन समितिका संयोजक इन्दुनारायण चौधरी बताइएको थियो । पछिल्लो पटक सार्वजनिक भएको विद्यालयको प्रतिबेदन हेरेर गाउँपालिका अध्यक्ष चतुरान्न ठाकुरले भने - यसमा १ बढी भ्रष्टाचार भएको छ। हामी कानुनी प्रक्रियामा छिटै कार्वाही गर्ने बताइएको थियो ।

सिस्टम अनुसार विद्यालयमा काम नगरिएको, सामाग्री खरिद प्रक्रियामा गुणस्तरहीन सामग्री खरिद , बिल नम्बर दाँज्दा बील नम्बर नमिल्ने अवस्थामा भ्रष्टाचार आँफै प्रष्ट हुदै गरेको बताउँछन् स्थानीय युवा तथा विद्यालय हरहिसाब समितिका सदस्य चन्द्रशेखर यादव ।

यता, विद्यालयका प्रधानध्यापक पशुपति साहले स्थानीयहरुको कुरालाई खण्डन गर्दै भने- आँफु नियमसँगत रुपमा काम गर्दै आएको छु। खर्च गरेको सबै लेखापरीक्षण समेत गराई सकेको छु। उनले भने - मैले यस विद्यालयमा दशकौंदेखि प्र. अ. को पद सम्हाल्दै आएको छु। हुन सक्छ हरहिसाबमा तलमाथि तर मेरो नियत साफ छ। अबदेखि इमानदारीपुर्वक काम गर्दै जाने बताइएको थियोे ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१