सिराहा: समयमा हुलाकी राजमार्गमा पुल नबन्दा आबतजाबतमा समस्या

  • भदौ १९, २०८०
  • ६९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान, १९ भदौ । सिराहाको पुर्व- पश्चिम हुलाकी राजमार्गस्थित पर्ने औरही गाउँपालिका -५ गागन खोलामा लामो समयदेखि पुल नबन्दा आबतजाबतमा समस्या हुने गरेको छ। यतिबेला गागन पुलको अवस्था निर्माधीन र अलपत्र अवस्थामा रहेको पाइएको छ। समयमा पुल नबन्दा आबतजाबतमा पुर्णरुपमा यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गर्छन् । निर्माण कम्पनीले काम शुरु गरेको ३ वर्षमा मात्रै लगभग ६५ प्रतिशत काम पूरा गरेको अवस्था छ। वि. सं २०७६ सालमा ठेक्का लिएका ठेक्केदारले तीनवर्ष भित्र काम पुरा गर्ने गरि ठेक्का सम्झौता गरिएको थियोे ।

Open photo

यता, हिराचन रोशन कन्स्ट्रक्सन प्रालिले समयमा पुल बनाउन नसक्दा हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधाममा निवेदन दिइएका छन् । यो सँगै, हुलाकी सडक खण्डमा अधिकाँश ठाउँमा कालोपत्रेको काम सकिएता पनि दर्जनौं पुलको अवस्था लथालिङ्ग अवस्थामा रहेको छ, जसले गर्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बन्दै आएका छन् । यात्रुहरु भन्छन् - '' निर्माण कम्पनी / व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण राजमार्गमा पुल नबन्दा सबैलाई समस्या हुने गरेको बताउँछन् ।

जसको प्रत्यक्ष असर विद्यालयको स्कुल बस, मोबाइल साईकल , अटो टेम्पो हिलाम्य र पानीको रेतबाट आबतजाबत ओहोरदोहोर गर्नु परेको छ। सिरहाको कमल नदी बलानसम्मको करिब २९ दशमलव ८८ किलोमिटर सडक कालोपत्र भईसक्दा समेत पुलको काम पूरा नहुँदा सहजरुपमा यातायात हुन सकेको छैन । यात्रुहरु भन्छन् -'' यदि भगवानपुरबाट यात्रा गरियौं भने- कमला पुलसम्म निकै समय खर्चिनु पर्ने अवस्था रहेको बताउँछन् सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका -१ पिप्रा प्र.ध.का रामसुफल बाँतर ।

रामसुफल बाँतर भन्छन् - कालोपत्रेको बाटो सहज भएता पनि- पुलको समस्याले पुल ' पार' गर्न आधी घण्टा बढी समय लाग्ने गरेको बताउँछन् । उनले भने - मधेश जहिले पनि विकासको नाममा पछि पर्ने गरेको गुनासो गर्छन् । विकासको नाममा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरि व्यापपक भ्रष्टाचार र अनियमितता गर्छन् । उदाहरणका लागि कमला नदीको पुल छिटफुट वर्षामै पुल क्षतिग्रस्त भयो । जबसम्म जनता र सम्बन्धित निकाय ठोस कदम र जागरुक हुदैन तबसम्म लापरबाही हुने नै हो । ठेक्केदारले यदि समयमा काम पूरा गरिएन भने - ठेक्केदारको लगानी नदिदा आँफै ठेकेदारहरु सुध्रिन्छ।

निकाय ठेक्केदार कम्पनीहरु भन्छन् - हामी सकेसम्म राम्रो गुणस्तर सामान प्रयोग गरिदै आएका छौं - लगभग सबै पुलको काम पनि तयारी अवस्था छ। थोरै काम बाँकी रहेको बताउँछन् । यता, मुतनी धार पुलको ठेक्का लिएका अरनिको लामा बागमती जे. भी. कन्सट्रकसन काठमाडौंले २०७२ सालमा ठेक्का समझौता गरेको २०८० साल लाग्दा निर्माण कामपूरा गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

पोखरिया नगरपालिकामाथ ...

रंजित चौरसिया,वीरगंज १ जेष्ठ। पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको ...

पालिकाको जनतालाई तिन ...

रंजित चौरसिया बारा १ जेष्ठ। बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने ...

जसपा नेपाल फुटाउने ह ...

जेठ १ । जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ दल दर्ता गराउने सांसदहरुको पद नै धरापमा पर्ने भएको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१