Siraha Times
ताजा समाचार

सिरहाकी मिटरव्याजी सुजाता पुर्पक्षका लागि जेलचलान

  • भदौ १८, २०८०
  • ९५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम सिराहा - सिरहाकी मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ । न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै उनलाई पुर्वपक्षका यस्तो आदेश दिएको हो। मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता गत साउन २४ गते पक्राउ परेकी थिइन् । उनीमाथि नौ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका थिए।

सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ । साहमाथी ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताउनुभयो । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

आगलागी पीडित सदाय पर ...

ओम प्रकाश यादव लहान,०२ जेष्ठ । “सिरहा सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भ ...

“घर–घरको सान, स्वच्छ ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान&rdq ...

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१