ताजा समाचार

मिर्चैयामै पहिलो पटक फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुदै

  • फागुन २७, २०७५
  • ७७३ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २७ फाल्गुन । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट हुने भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौले मिर्चैयामा यहि चैत ९ गते फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको अडिसन गर्ने जनाएको छ । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गर्न लागिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ । अडिसनमा छनोट हुनेहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो पटक हुन लागेको फेसन शो मा सहभागी हुन सम्पुर्ण ईच्छुक युवायुवतीहरुलाई आयोजकले आग्रह गरेका छन् । अडिसन रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा हुनेछ । ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤