Siraha Times
ताजा समाचार

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार बिरूद्ध काम गर्दै आएको:- मौलाना मशहूद

  • भदौ १६, २०८०
  • ७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र १६ नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले आज वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग कपिलवस्तु को विजयनगरको वडा नं ३ मा आज नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपाली ले अभियानको उद्घाटन गरेका छन्।

विजयनगर गाँउ पालिका वडा नं ३ बाट अभियानको साहिद खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नुरुल कमर खान, सरिता अर्याल लगायत रहेका थिए।

जनता संग विशेष रूपांतरण अभियानमा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा योद्धा हरूले गरेको सहादत कसैले बिर्सिन नसक्ने बताए, प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लाई बढावा न दिने बताउदै अहिलेको जनता संग विशेष रूपांतरण अभियान लाई माओबादी केन्द्र समर्थक सबैले जनताको मन मनमा माओबादीको ऐजेंडा पुर्याउनु पर्ने बताउदै जातिय भेदभाव हटाउन समेत माओबादीको विशेष पहल रहेको छ साथै दाइजो लिनु समेत भ्रष्टाचार रहेको बताए।

कार्यक्रममा सहिद परिवारका सदस्यलाई सम्मान गर्नुका साथै ५० भन्दा बढी व्यक्ति अन्य पार्टी छोडेर नेकपा माओबादी केन्द्र रोजेको लाई पार्टीमा स्वागत गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा नगर कमिटीका पदाधिकारी, वार्ड कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१