विनोद मण्डल, भदौ १४ । सिरहामा जिल्ला प्रहरीको असक्षमता उदाङ्गिएको छ । हालसम्म शान्ति सुरक्षामा पाउनुपर्ने अनुभूति सिरहाको जनताले पाउन सकेको छैन । बोर्डरमा तस्करी बढेको छ, गाउँगाउँबाट न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दिएका केयौ पिडीतले हालसम्म न्याय पाउन सकेका छैनन् । सिरहाको नवराजपुरमा भदौ ११ गते दिउँसो करीब ३ बजे पोखरी विवादको क्रममा नवराजपुर गाउँपालिकाको ट्रयाक्टर तोडफोड गर्दै आगजनी गर्ने प्रयास गर्दा फोटो लिन खोजेका पत्रकार दिनेश्वर प्रसाद गुप्तामाथि १२—१५ जनाको समूहले उनीमाथी हमला गरी मोबाईल खोसेर भागेका थिए ।
घटनाको जानकारी दिँदै एसपी टेकु नन्द इबा लिम्बुलाई पटक पटक फोन गर्दा अपराधीलाई तत्काल नियन्त्रणमा नलिई " जाहेरी दिनुस् भन्दै दोषीलाई उम्कनका लागि वातावरण सिर्जना गरेका थिएँ । घटनाको अपराधीलाई पक्राउ गर्न असक्षम सिरहाका प्रहरीले अहिलेसम्म हमला गर्ने र मोवाइल खोस्नेको नाम ठेगाना सबै जानकारी हुँदाहुँदै पनि असक्षम प्रहरीले दोषीलाई नियन्त्रणमा लिन सकेको छैन । नवराजपुरमा भएको घटनाको दोषीलाई कानुनी कारवाहीको लागि भदौ १२ गते जिल्ला प्रहरी कार्यालय सिरहामा पुगेर एसपी टेकुनन्द लिम्बुलाई नेपाल पत्रकार महासँघका अध्यक्ष सहितको टोलीले ध्यानाकर्षण सहित भेटघाट गरेका थिएँ ।
पत्रकारसँगको भेटघाटको क्रममा एसपी लिम्बुले " किटानी जाहेरी दिनुस् ,‘ हामी कारवाही गर्छौं " भनेका थिए । घटनामा सँगल्न अर्थात् पत्रकार गुप्तामाथि आक्रमण गर्ने चन्दनलाई पक्राउ गरेता पनि उनलाई राजनीतिक दवावमा सिरहाका एसपी टेकुनन्द लिम्बुकै निर्देशनमा रिहा गरेर घर पठाइएको छ । नियन्त्रणमा लिएका चन्दनलाई रिहा गरेर जिम्मेवार एसपीले सुरक्षा र स्वतन्त्रतामाथी प्रहार गरेर अपराधीलाई उन्मुक्ती दिएको छ । नेपाल पत्रकार महासँघ सिरहाले अपराधी संरक्षण गर्ने लिम्बुलाई कारवाही गर्न माग गरेको छ । नेपाल पत्रकार महासँघ सिरहा शाखाले दोषीलाई कानुनी कारवाहीको माग गर्दै भदौ १४ गतेदेखि चरणबद्ध आन्दोलनको तयारीमा जुटेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic