Siraha Times
ताजा समाचार

सिरहाको अम्बासमा एमालेको सबिवालय बैठकको तयारी पूरा

  • भदौ १३, २०८०
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १३ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ मा हुन लागेको एमालेको सचिवालय बैठकको तयारी पूरा भएको छ ।स्थानिय राईरैनी बस्तीको मदन स्मृति पार्कमा आयोजना हुन लागेको सचिवालय बैठकको लागि मंच ब्यबस्थापन ,व्यानर ,गेट लगायतको कार्यक्रम पूरा भएको एमाले सिराहाले जनाएको छ ।

करिब ३४ वर्ष अगाडि भूमिगत अवस्थाका समयमा पार्टीको चौथो महाधिवेशन सम्पन्न गरी पार्टीका प्रभावशाली नेता मदन भण्डारीलाई महासचिव बनाएको ठाउँको रुपमा रहेको उक्त ठाउँमा रहेको घरमा आज जिल्ला कमिटी लगायतको बैठक बस्दै पत्रकार सम्मेलन मार्फत सचिवालय बैठकको बारेमा जानकारी गराइएको थियो ।विक्रमसंवत् २०४६ मा भदौ ९ देखि १४ गतेसम्म संचालित कम्निस्ट पार्टीको महाधिवेशनले मदन भण्डारीलाई महासचिव बनाएको थियो ।

सचिवालय बैठक भदौ ९ गतेको लागि तय गरिएपनि अविरल वर्षाका कारण १३ गतेको लागि सारिएको हो ।कार्यक्रम स्थलमा पुग्नका लागि बाटोघाटो सहज छैन भने अर्कोतिर मोबाइल नेटवर्क समेतको अभाव देखिएको छ ।

बैठकले सकारात्मक संदेश दिने भनिएता पनि एमाले पार्टीले पटक पटक सरकारको बागडोर सम्हालेता पनि हालसम्म मदन भण्डारीको हत्यारा र यस ठाउँमा हालसम्म विकाशले फडको नमार्नुलाई स्थानियले चिन्ताको विषय मानेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१