सुरेश यादव, नवलपरासी /भदौ ११ । पश्चिम नवलपरासीकाे सीमा क्षेत्रमा रहेका प्रहरी चौकीका भवन हरुको अवस्था जीर्ण र कष्टकर रूपमा प्रहरी बसिरहेका छन् । २५,३० वर्ष भन्द पुरानो प्रहरी चौकीका भवन जीर्ण अवस्थामा रहेका चौकीका भवनहरूको मर्मत नहुँदा प्रहरीहरू कष्टकर रुपमा बस्न बाध्य भएका छन् । पाल्हिनन्दन गाउँपालिका वाड नं ६ सनई ( रगरगंज ) स्थित प्रहरी चौकीमा दुईकोठे भवन र बाहिर एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा ६ जना छन् ।
बर्खामा भवन चुहिएर प्रहरीलाई बस्न निकै सकस हुने गरेकाे छ । टिनले बानेको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । टिनले बानेको भान्साघर बेलाबेलामा हावाले उडाइदिन्छ । पाल्हिनन्दन गाउँपालिका वडा नं ६ सनई स्थित ( रगरगंज ) सीमा प्रहरी चौकीमा दुईकोठे भवनमा प्रहरी कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । बाहिर भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन् । भने आर्सेनिकयुक्त पानी पिउन प्रहरी बाध्य छन् ।

चौकीमा प्रहरीलाई वर्षाको पानीबाट जोगाउन पाल टाँगिएको छ । भवनमा वर्षा भएँ पछि पानी चुहिन्छ, झ्याल, ढोका नभएकाले सर्पको जोखिम छ । प्रहरी चौकीको भवनमा ‘छतबाट प्लास्टर उप्केर जिउमै पनि खस्छ । दुःखका साथ बसेका छौँ । त्यस्तै पांचपेडा प्रहरी चौकीको भवन छत चर्किएको छ भने केही स्थानमा डल्ने अवस्थामा रहेको छ । पानी परेको बेला भवनभित्र पानी पस्छ । केही समय अगाडीसम्म त पानी पर्दा प्रहरीहरू चौकी परिसरमा रहेको प्रतिक्षालयमा सुत्नुपर्ने बाध्यता हुन्छ । ‘अहिले फुटेको स्थानमा प्लास्टिक लगाएका छौं भवन भित्रै सुत्न मिल्ने बनाए पनि यस्तो समस्या हरेक वर्ष प्रहरीले भोग्दै आएका छन् ।

सरावलको सिमावर्ती क्षेत्रमा रहेको भुजहवा प्रहरी चौकिको भवन पनि उस्तै छ । कार्यालय सञ्चालन र आवासका लागि एउटै भवन प्रयोग हुँदै आएको छ । त्यो पनि जीर्ण अवस्थामा छ । भुजहवा चौकिका लागि बनाईएको भान्साघरको अवस्था दयनिय छ । पानी पर्दा सबै चुहिने भएका कारण छतमा त्रिपाल लगाईएको छ । पानी पर्दा शौचालयमै छाता ओढेर बस्नुपर्ने बाध्यता रहेको छ । ‘भन्सा चुहिएर माथि त्रिपाल लगाईएकाे छ, शौचालयको अवस्था पनि उस्तै छ मर्मत सम्भारका लागि पालिकासंग अनुरोध गरिएकाे भुजहवा प्रहरीले बताएको छ । रगरगंज,भुजाहवा, पांचपेडा प्रहरी चौकीको भवन मात्र होइन, जिल्लाका अधिकांश चौकीका भवन जीर्ण बन्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा एक जिल्ला प्रहरी कार्यालय , सीमा प्रहरी चौकी ७ वटा र प्रहरी चौकी ५ वटा इलाका प्रहरी कार्यालय ७ वटा प्रहरी पोष्ट ३ वटा प्रहरी चौकी रहेका छन् । तीमध्ये एउटा इलाका प्रहरी कार्यालयकाे भवन पुन : निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic