सिरहा प्रहरीको फितलो सुरक्षा नवराजपुरमा दूई दर्जनबढी आँशुग्यास प्रहार, दर्जनौ घाईते

  • भदौ १२, २०८०
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । लहान, १२ भदौ । सिरहाको नवराजपुरमा पोखरी विवाद चरम रुप लिएको छ । ऐलानी पोखरी गाउँपालिकाले राजस्व संकलनको लागि ठेक्का लगाउँदा स्थानीय शिवराम यादवले आफ्नो भोगचलन रहेको भन्दै विवाद गरेको छ । आज गाउँपालिकाले पोखरीमा माछा मार्न लाग्दा पूनः विवाद चरम रुप लिँदा दर्जनौ घाईते भएको छ । योसँगै फोटो खिच्दा स्थानीय रवीन्द्र यादवका छोरा मुकेश यादवले पत्रकारको मोवाइल खोसेर भागेका छन् ।

मुकेश यादवलगातय १२—१५ जनाले ट्रायक्टर तोडफोड गरी आगो लगाउँने प्रयास गर्दा त्यो फोटो खिच्न लाग्दा पत्रकारमाथी हातपातको प्रयास गदै मोबाइल खोसेर भागेको छ । मोवाइल उपलब्ध गराउँन र दोषीलाई कारवाही गर्न सिरहा एसपीलाई पटक पटक फोन गरेपनि कुनै सुनवाई भएन । नवराजपुर स्थित रहेको सिनियर प्रहरी उपेन्द्र साह दोषी मुकेशसँग मिलेर मोबाइल भोली पर्सी फिर्ता दिने जानकारी गराएका छन् । अर्का एक सिनियर प्रहरी अपराधीलाई नियन्त्रणमा नलिएर एक होटलमा रक्सीपान गरी झोलामा मदिरा बोकेर मोटरसाईकलमा रमन्ते भएर हिडे । जहाँ अपराधीलाई प्रहरीले संरक्षण गर्दै नवराजपुर चलाउँछ त्यहाँ सिरहाको सुरक्षा कस्तो होला ? चर्चाको विषय बनेको छ । पत्रकारहरुले मोबाईल खोस्ने व्यक्तिको नाम घर ठेगाना पता लगाएपनि प्रहरीले त्यहाँ पुग्न सकेन ।

पोखरीमा माछा मार्ने विवादमा गाउँपालिका स्वंमसेवकलगायत आधा दर्जन घाईते भएका छन् भने शिवरामपक्षका आधा दर्जन घाईते भएका छन् । दूईपक्षको झडपमा सशस्त्र प्रहरी र नजपथ प्रहरीले २६ राउण्ड आँशुग्यास प्रहार गर्दा ९ जना प्रहरी घाईते भएका छन् । घटनावारे सिरहाका सिडियोलाई जानकारी गराउँदा मौन साधेर बसे ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१