पोखरीको विषयमा भीषण घमासान

  • भदौ १२, २०८०
  • ९४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान भाद्र १२ गते । सिरहाको नवराजपुर गाउँपालिका वार्ड ३ मा आज भीषण भिडन्त भएको छ । स्थानिय सरकरले एलानी जग्गा तथा लालपटा नभएका पोखरिलाइ कानुन अनुसार ठेक्का लगाएको विषयमा प्रहरी र पोखरी निजीकरण गर्न खोजेको स्थानिय बिच भिडन्त हुदा करिब एक दर्जन जति पालिका पक्षका र केही प्रहरीको समान्य घाइते भएको छ । पालिका पक्षले प्रहरीप्रशासनको बाल प्रयोग गरि नवराजपुरको फुलबारी पोखरिमा महाजाल प्रयोग गरेपाछी विपक्षी स्थानिय युवाहरुले डुंगामुढा हानेर घाइते गरेको छ ।

तनाब उग्ररुप लिए पछि शस्त्रले २६ र नेपाल प्रहरिले १० राउन्ड आँसु ग्यास बिस्फोट गरेपछी केही छिन समान्य थिए तर ग्यासको प्रभाब कम हुने लगतै विपक्षी युवाहरुले पालिकाको टयाकटरमा लखौको क्षति गरि लखौ रकमको महाजालमा पनि आगो लगाइएको छ । दुइजना पत्रकारलाई दुव्र्यवहार गरि एक जनाको मोबाइल पनि लुटपाट गरेको छ । शिबराम यादवले बर्सौ देखि निजिरुपमा भोगचलान गर्दै आएको र हालसम्म स्थानीय सरकारको कब्जामा दिन्न भने मनसायले दोहोरो भिडन्त भएको छ । कानुन बिपरित कर्य गरि क्षति पुर्याउनेलाइ कर्वाही गर्ने कुरा पालिका अध्यक्षले भने ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१