ताजा समाचार

सीके राउतको स्वागतमा उर्लियो जनसागर, आफ्नै सेनाद्धारा सुरक्षा (हेर्नुस् भिडियो)

  • फागुन २७, २०७५
  • १२९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फाल्गुन २८। स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई आईतवार जनकपुरमा समर्थकले भव्य स्वागत गरेका छन् ।सरकारसँग ११ बुँदै सम्झौता पश्चात जनकपुर आइपुगेका राउतलाई विमानस्थलमै उनका हजारौं नेता तथा कार्यकर्ता स्वागत गरेका हुन् । जनकपुर आउनु अगावैदेखि राउतका ‘स्वराजी सेना’ तैनाथ थिए । ८ जनाको संख्यामा रहेका उनका सेना बुलेटपपु्रफ जस्तै देखिने ज्याकेट, कालो चश्मा र अनुहार छोपेर सुरक्षा दिएका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्....

करिब पोने चार बजे विमानस्थलमा आएका सीके राउतको समाचार संकलनका लागि करिब दर्जनौं पत्रकार चार घण्टादेखि बसेका थिए । तर राउत आउने वित्तिकै उनका सेनाहरु कब्जामा लिए । विमानस्थलमा नेपाल प्रहरीको समेत केहि चलेन । आफ्नै समर्थकको घेराबन्दीमा राउत निस्के तर सरकारसँग गरेको सहमतीबारे केहि बोल्न चाहेन । विमानस्थलबाट हजारौं समर्थकका साथ जनकपुरको परिक्रमा गरेको छ । जिल्ला प्रशासन कार्यालय, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जानकी मन्दिर हुँदै राउत जनकपुरस्थित डेरा पुगेका छन् । उनका समर्थकहरुले स्वतन्त्र मधेस र सरकार जनमतसंग्रह गर्न तयार जस्ता नारा समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤