बलान नदीको बाँध भत्कियो,स्थानियको जनजीवन प्रभावित भिडियो सहित

  • भदौ ९, २०८०
  • ६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । सिराहा र सप्तरी जिल्लाको सीमानाको रुपमा रहेको बलान नदीले आफ्नो बहावको धार परिवर्तन गर्दा स्थानियको जनजीवन प्रभावित भएको छ । सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका वडा नं ४ स्थित वेल्लीको पछिममा रहेको बलान खोलाको बाँध लगातारको अविरल वर्षाका कारण नदीमा आएको बाढीले कटान गर्दै भत्काएपछि स्थानियको जनजीवन प्रभावित भएको छ ।s नदीको बाढी स्थानियको घर आँगन र जग्गामा प्रवेश गरी पानी सहितको बालुवा पुरेको अवस्था रहेको देखिन्छ । निरन्तरको वर्षासँगै नदीमा आएको बाढीले बेल्ही स्थित ३ ठाउँमा बाँध भत्काउँदा करिब २१ बिगाहा जग्गामा बालुवा पुरेको अवस्था रहेको देखिन्छ ।

रिपोर्टिङका लागि उक्त ठाउँमा पुग्दा आवत जावतमा कठिनाई उत्पन्न भएको थियो ।r समयमा स्थानियको ईच्छा मुताबिक इन्जिनियरले काम नगर्दा बर्सेनि सास्ती भोग्न विवश भएको स्थानियको भनाई रहेको देखिन्छ । बाध भत्किएर जोखिम रहेकोले सम्बन्धित निकायको निगरानीको जरुरी रहेको हुनाले तत्काल ध्यानाकर्षण जरुरी छ ।

नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा बेल्ही गाउँका करिब २ सय घर डुवानको चपेटामा परेको अवस्था रहेको छ । बलान नदी स्थित किनारका बस्तीहरू मलहनिया, दिघिया, दुदैला र बेल्ही गाउँहरू यतिबेला जलमग्न भएका छन् । स्थलगत रिपोर्ट लिँदै गर्दा दीघिया र बेल्ही स्थितका गाउँहरू बढी जोखिममा रहनुका साथै उक्त ठाउँमा हाल बाढीले बढी क्षति गरेको छ । संभावित जोखिम नियन्त्रणको लागि jcb तयारी अवस्थामा राखिएको पालिका अध्यक्ष खेमचन्द्र यादवले बताउनु भएको छ । साथै कुनै किसिमको आपतकालीनका लागि सदैब तयार रहने गरि सुरक्षा सम्पर्क नम्बर समेत जारि गरेको अध्यक्षले जनाए  ।

आपतकालीन सम्पर्क नम्बरहरु:-

पालिका प्रमुख खेमचन्द्र यादव- 9842539370

ईप्रका कडरबोना इन्स्पेक्टर-9852823500

BOP बेल्ही ईन्स्पेक्टर- 9852036510

BOP रामनगर ईन्स्पेक्टर- 9849393017

प्रहरी चौकी मल्हनियाँ -9852824103

प्रहरी चौकी बेल्हि-9852824102

प्रहरी चौकी रामनगर -9852824106

एम्बुलेन्स -9822314861

 

 

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१