Siraha Times
ताजा समाचार

बलान नदीको बाँध भत्कियो,स्थानियको जनजीवन प्रभावित भिडियो सहित

  • भदौ ९, २०८०
  • ९०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । सिराहा र सप्तरी जिल्लाको सीमानाको रुपमा रहेको बलान नदीले आफ्नो बहावको धार परिवर्तन गर्दा स्थानियको जनजीवन प्रभावित भएको छ । सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका वडा नं ४ स्थित वेल्लीको पछिममा रहेको बलान खोलाको बाँध लगातारको अविरल वर्षाका कारण नदीमा आएको बाढीले कटान गर्दै भत्काएपछि स्थानियको जनजीवन प्रभावित भएको छ ।s नदीको बाढी स्थानियको घर आँगन र जग्गामा प्रवेश गरी पानी सहितको बालुवा पुरेको अवस्था रहेको देखिन्छ । निरन्तरको वर्षासँगै नदीमा आएको बाढीले बेल्ही स्थित ३ ठाउँमा बाँध भत्काउँदा करिब २१ बिगाहा जग्गामा बालुवा पुरेको अवस्था रहेको देखिन्छ ।

रिपोर्टिङका लागि उक्त ठाउँमा पुग्दा आवत जावतमा कठिनाई उत्पन्न भएको थियो ।r समयमा स्थानियको ईच्छा मुताबिक इन्जिनियरले काम नगर्दा बर्सेनि सास्ती भोग्न विवश भएको स्थानियको भनाई रहेको देखिन्छ । बाध भत्किएर जोखिम रहेकोले सम्बन्धित निकायको निगरानीको जरुरी रहेको हुनाले तत्काल ध्यानाकर्षण जरुरी छ ।

नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा बेल्ही गाउँका करिब २ सय घर डुवानको चपेटामा परेको अवस्था रहेको छ । बलान नदी स्थित किनारका बस्तीहरू मलहनिया, दिघिया, दुदैला र बेल्ही गाउँहरू यतिबेला जलमग्न भएका छन् । स्थलगत रिपोर्ट लिँदै गर्दा दीघिया र बेल्ही स्थितका गाउँहरू बढी जोखिममा रहनुका साथै उक्त ठाउँमा हाल बाढीले बढी क्षति गरेको छ । संभावित जोखिम नियन्त्रणको लागि jcb तयारी अवस्थामा राखिएको पालिका अध्यक्ष खेमचन्द्र यादवले बताउनु भएको छ । साथै कुनै किसिमको आपतकालीनका लागि सदैब तयार रहने गरि सुरक्षा सम्पर्क नम्बर समेत जारि गरेको अध्यक्षले जनाए  ।

आपतकालीन सम्पर्क नम्बरहरु:-

पालिका प्रमुख खेमचन्द्र यादव- 9842539370

ईप्रका कडरबोना इन्स्पेक्टर-9852823500

BOP बेल्ही ईन्स्पेक्टर- 9852036510

BOP रामनगर ईन्स्पेक्टर- 9849393017

प्रहरी चौकी मल्हनियाँ -9852824103

प्रहरी चौकी बेल्हि-9852824102

प्रहरी चौकी रामनगर -9852824106

एम्बुलेन्स -9822314861

 

 

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१