लहान, ९ भदौ । सिराहाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी हुनुहुन्छ । निज चौधरी नेपाली काङ्ग्रेस प्रतिनिधिसभा क्षेत्र नम्वर -१ का सभापति समेत हुनुहुन्छ । वर्तमान घटनाक्रमहरु बिहीबारको राति र आज बिहान परेको अविरल वर्षको कारण निज मेयर चौधरीको प्रतिनिधिसभा क्षेत्र न. १ का सचिव शरणदेव यादवको घर निज मेयरको देखि नजिकैमा लहान - ७ को घर आँगनमा करिब ३ फिटसम्म पानी पसिएको देखियो । हालको अवस्था अथाबतै छ। कुनै निकायबाट सहयोग पाउनु भएको छैन ।

निज काङ्ग्रेसका सचिवका अनुसार - यो देशमा काङ्ग्रेसका वीर सहिद अग्रजहरुले देशमा प्रजातन्त्र लयाए। तर, यहाँका जनप्रतिनिधिहरुले संघियताको मुलमर्मलाई धिक्कार गर्दै आएको छ। यसरी म स्थानीय सरकारलाई घर कर तथा सरसफाई बापतसमेत करहरु बुझाउँदै आएको बताए । यस्तो अवस्था रहिरहयो भने देश र जनताको सेवामूलक कार्यहरु गर्न सास्ती खेप्नु स्वभाविक हो । बास्तवमा भन्दा विपी कोइराला भन्नू भएको थियो काङ्ग्रेसमा यस्तो दिन आउँछ कि सुकिलामुकिलाले शासन गर्ने छन् । त्यतिबेला सही प्रजातन्त्रबादीहरु नडराई देश र जनताको उदेश्य प्रति सजग भई काम गर्नु होला ।
यता , अविरल वर्षका कारण लहान वजार जलमग्न देखिएको थियोे । लहान नगरपालिका -२४ झुटकीका लदर यादवको छोरा वर्ष ३५ को शिवनारायण यादव बिहीबार शुक्रबारको अविरल वर्षको कारण सररे खोलाले बगाई लगिएको छ। लहानमा पानी जम्नुको मुख्य कारण नहर सफा नहुनु हो । लहानका जनप्रतिनिधि काम भन्दा बढी आश्वासन दिने गरेका स्थानीयहरु आरोप छ। जनप्रतिनिधिहरु कमिसनमा लिप्त छन । चुनावमा दिएको बाचा पूरा गर्न असमर्थ देखिएको छ। बिहीबार र शुक्रबारको वर्षाले लहान बजारको हरेक गल्ली बाटोघाटो बजार क्षेत्र , घर भित्र समेत पानी घर डुबानमा परेको थियो । तर, लहानका मेयर महेश चौधरी गाउँगाउँमा पुगेर लाखौं लाखौं करोडौंको बजेटमा विकास गर्ने प्रतिबद्धता दिइदै आएको छ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic