जिल्ला प्रशासन कार्यालय सुनसरीको निषेधाज्ञा जारी , धरान सुनसान

  • भदौ ९, २०८०
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा डेङ्गु रोगको कारण धरान उप महानगरपालिका भित्र शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी जारी गरेको सुचनाले धरान सुनसान बनेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी शुक्रवार राति १२ बजेदेखि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको थियो । सुनसरी जिल्लाको स्थानिय तहमा डेङ्गु रोग संक्रमण व्यापक रूपमा फैलिएर धेरै व्यक्तिहरू संक्रमित भै रोग फैलिने अवस्था रहेको बताउँदै स्वास्थ्यलाई ख्याल गर्दै निषेधाज्ञा जारी गरिएको बुझिएको छ ।

अर्कोतिर धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले प्रदर्शनको आह्वान गरेको अवस्थाको ख्याल गर्दै प्रदर्शन भड्किने सम्भावना समेत रहेको अवस्थामा धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाई गरिएको प्रशासनले जनाएको छ । धरानमा धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरिएको बुझिएको हुनाले धरान सुनसान बनेको छ भने व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१