Siraha Times
ताजा समाचार

जिल्ला प्रशासन कार्यालय सुनसरीको निषेधाज्ञा जारी , धरान सुनसान

  • भदौ ९, २०८०
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा डेङ्गु रोगको कारण धरान उप महानगरपालिका भित्र शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी जारी गरेको सुचनाले धरान सुनसान बनेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी शुक्रवार राति १२ बजेदेखि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको थियो । सुनसरी जिल्लाको स्थानिय तहमा डेङ्गु रोग संक्रमण व्यापक रूपमा फैलिएर धेरै व्यक्तिहरू संक्रमित भै रोग फैलिने अवस्था रहेको बताउँदै स्वास्थ्यलाई ख्याल गर्दै निषेधाज्ञा जारी गरिएको बुझिएको छ ।

अर्कोतिर धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले प्रदर्शनको आह्वान गरेको अवस्थाको ख्याल गर्दै प्रदर्शन भड्किने सम्भावना समेत रहेको अवस्थामा धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाई गरिएको प्रशासनले जनाएको छ । धरानमा धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरिएको बुझिएको हुनाले धरान सुनसान बनेको छ भने व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१