Siraha Times
ताजा समाचार

शहिदनगरमा अख्तियार पत्रको निरन्तर अवहेलना

  • भदौ ७, २०८०
  • १३८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय पत्रलाई निरन्तर अवहेलना गरिदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टँगालले एक पत्र जारी गर्दै सट्टामा खटाईएको, काजमा खटाईएको गुनासो बढेपछि शिक्षा शाखामा सट्टामा खटाईने शिक्षकलाई आफ्नो दरबन्दीमा मात्र कामकाज गर्न निर्देशन दिएको अवस्थामा शहिदनगरको शिक्षा शाखाको प्रमुख विश्वनाथ यादव (प्रावि शिक्षक) लाई निरन्तरता दिएको छ ।

शिक्षा शाखाको लागि योग्य शिक्षा सेवाकै कर्मचारी राख्नुपर्ने जिकिर सहित अख्तियारले काटेको पत्र र शिक्षा मानव विकास श्रोत केन्द्रको पत्रलाई उदृत गर्दै शिक्षा विकास तथा समन्वय ईकाई धनुषाले जिल्लाको सबै स्थानीय तहलाई त्यस्तो नगर्न निर्देशन र पत्राचार गरेपनि शहिदनगरले एक प्रावि शिक्षकलाई शिक्षा शाखा प्रमुख बनाएर कामकाज गराउँदै आएको हो । अख्तियारले शिक्षा सेवाकै कर्मचारीलाई मात्र शिक्षा शाखाको जिम्मेवारी दिनुपर्ने भन्दै जस्तोसुकै शिक्षकलाई सट्टामा राखी अख्तियारी दिएर कामकाज नगराउन भनेपछि शहिदनगर नगरपालिकाले अटेरी गर्दै गैर कानुनी रुपमा यादवलाई शिक्षा शाखा प्रमुखको रुपमा राख्दै आएको हो ।

असार ४ गतेमै काटिएको शिक्षा विकास समन्वय ईकाईको पत्रलाई अवहेलना गर्दै शहिदनगरले शिक्षा शाखा प्रमुखमा विश्वनाथ यादवलाई निरन्तरता दिँदै भदौ महिनासम्म हस्ताक्षर गराएको देखिएको छ । शिक्षा समन्वय ईकाईले शहिदनगर नगरपालिकालाई असार २६ गतेमा ध्यानाकर्षण गराउँदै प्रावि शिक्षकलाई शिक्षा शाखा प्रमुख बनाएर राखेको विश्वनाथ यादवलाई कारवाही गरी पत्राचार गर्न भनेपछि शहिदनगर नगरपालिकाले अटेरी गरिदै आएको हो ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१