ट्राफिक प्रहरी प्रमुखमा डमर बहादुर पुरी

  • भदौ ७, २०८०
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ ७ गते । ट्राफिक नियमको पालना गरे सवारी दुर्घटनामा न्यूनीकरण हुने लहानमा बुधबार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्। जिल्ला ट्राफिक कर्यालय लहानमा ट्राफिक प्रहरी प्रमुखमा डमर बहादुर पुरी आएका हुन । सवारी दुर्घटना न्यूनीकरण गर्न सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले गरेको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन । ट्राफिक प्रहरी प्रमुख डमर बहादुर पुरीले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताए । हुलाकी राजमार्गमा ट्राफिक जनचेतना अभावको कारण सबारी दुर्घटना बाढीरहेकोले हुलाकी मर्गमा ट्राफिकको डयुटिसङै क्यामरा जडान गर्ने,नियम मिच्नेलाई फाइन मात्र होइन कानुनी उपचार समेत गर्ने पुरिले बताए ।

उनले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै त्यसको न्यूनीकरणका लागि नियमको पालना गर्नसमेत आग्रह गरे । मधेशमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, अटोमोबाइल क्षेत्रमा भएको उन्नति, मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहेको सवारी चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरण हरेक नागरीकको दैनिक सरोकारको रूपमा विकसित भएको छ।

तर देशभरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको र सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्था सबैलाई जानकारी रहेको विषय नै हो। दुर्घटना हुदा टाउमा चोट लाग्यो भने बाच्न काम संभावना हुन्छ । टाउकाे भन्दा तलको अङ भाचियो भने बच्ने संभावना हुन्छ त्यसैले हेलमेट अनिवार्य लगाउन लहानका ट्राफिक प्रमुखले आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१