Siraha Times
ताजा समाचार

जनमतका केन्द्रिय सदस्य विनोद चौधरी सहित सयौं कार्यकर्ता जसपामा प्रवेश

  • भदौ ६, २०८०
  • ५५७ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

सिराहा - सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी लगायत सयौ कार्यक्रताहरु जसपामा प्रवेश गरेका छन।

सिराहाको धनगढीमाईमा आयोजित जसपाको पार्टी प्रवेश तथा आम सभा कार्यक्रममा विनोद चौधरी, धनगढीमाई नगरपालिकाका प्रत्यासी एव जनमत पार्टीका नगर अध्यक्ष भरत यादव सहित ४०० को हराहरिमा जनमतका कार्यकर्ताहरु जसपा प्रवेश गरेका हुन।

२०७९ मा सिराहा निर्वाचन क्षेत्र २(ख) बाट उम्मेदवारी दिएका चौधरी६८५४ मत ल्याएर प्रतिस्पर्धी रहेका उनी जसपामा प्रवेश गरेका हुन। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै चौधरीले जनमत पार्टी जातिवाद रहेको बताए।

नव प्रवेशी कार्यकर्ताहरुलाई केन्द्रिय अध्यक्ष एव संघीय सान्सद तथा कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए।

जसपाको केन्द्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यता रहेको पार्टी प्रवेश कार्यक्रमका सभापति एव जसपा नेपाल जिल्ला कार्यसमिति सिराहाका अध्यक्ष अशोक कुमार यादव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१