Siraha Times
ताजा समाचार

चमार कल्याण समाजले रुपन्देहीमा बुझायो ज्ञापन पत्र

  • भदौ ४, २०८०
  • १७२३ पटक पढिएको
  • रामएकवाल राम
alt

 धनिराम काेईरी रुपन्देही - लुम्बिनी प्रदेशमा दलित समुदायहरुको हकहितका लागि प्रदेश सरकारले दलित विधयेक ल्याउन चमार कल्याण समाज नेपालले माग गर्दै आईतवार जिल्ला प्रसासन कार्यलय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । समाजका केन्द्रिय अध्यक्ष दिनेश चमार र जिल्ला प्रतिनिधि रिंकला हरिजन , द्धवारीका हरिजन लगाएतले प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेलाई प्रदेश सरकारले ल्याउन लागेको प्रदेशीक निजामति विधयेक र शिक्षा विधयेकमा तराई मधेशका दलितहरुलाई जनसंख्याको आधारमा आरक्षण दिनुपर्ने , चमार जातीहरुलाई कम्तीमा ६.८ प्रतिशत आरक्षणको ब्यवस्था गर्नुपर्ने लगाएतको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।

नेपालमा आफुहरुलाई राज्यले , समाजले सबै भन्दा पछाडि पारेकोले मधेशी कोटाबाट पनि चमार जातिहरुलाई छुट्टै आरक्षण र दलित कोटाबाट समेत जनसंख्याको आधारमा आरक्षण दिनुपर्ने ,एक विद्यालय एक दलित शिक्षक (जनसंख्याको आधारमा ) निति बनाउनुपर्ने ,तराई मधेशका सबै भन्दा उत्पीडनमा पारिएका चमार डोम , मुसहर , धरिकार , पासी , खत्वे , धोबी , खटिक आदी जातिहरुलाई जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पहुच पुगाउनुपर्ने लगाएत माग गरिएको समाजकी जिल्ला प्रतिनिधि रिंकला हरिजनले जानकारी दिनुभयो ।

हरिजनका अनुसार लुम्बिनी प्रदेशको प्रस्तावित प्रदेश निजामति ऐन , शिक्षा ऐनमा चमार जातिहरुलाई छुट्टै आरक्षणको ब्यवस्था गरि समाबेश गराउनुपर्ने , चमार जातिहरुको पुर्खौली पेशा सुडेनी लाई स्वस्थ्य मन्त्रालयले संरक्षण गर्दै हरेक चमार महिलाहरुलाई हरेक स्वाथ्य सस्थामा ब्यवस्थापन गर्नुपर्ने माग गरिएको ज्ञापनपत्रमा उल्लेख भएको बताईन ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ भरतमणी पाण्डेले आफुले चमार समुदायहरुको मागलाई मुख्यमन्त्रि,प्रदेश प्रमुख , समाजिक विकास मन्त्रालयमा भोली नै पठाउने र समाजको माग प्रति आफुहरु सकारात्मक रहेको बताएको चमार कल्याण समाज रुपन्देहीका अर्का प्रतिनिधी द्धवारीका हरिजनले जानकारी दिनुभयो । साथै सिडब्लुएसले विभेदका विरुद्धमा गर्दै आईरहेको कार्यहरु अत्यन्तै सराहनिय रहेको भन्दै समाजको प्रसांशा समेत प्रजिअले गरेको हरिजनले बताए ।IMG-20230821-WA0052

प्रतिक्रिया दिनुहोस

सिरहामा अपहरण तथा शर ...

ओम प्रकाश यादव लहान, असार २५ । सिरहा प्रहरीले फरक–फरक दुई कारबाहीमा अपहरण तथा शरीर बन्धक मुद्द ...

सिरहामा स्कुल बस र म ...

ओम प्रकाश यादव लहान, २५ असार। सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित पूर्व–पश्चिम महेन ...

धनगढीमाई–११ मा कुटपि ...

शम्भु चौधरी लहान, असार २५। सिरहाको धनगढीमाई नगरपालिका–११ सोनापुरमा सामान्य विवादले उग्र रूप लि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१