चमार कल्याण समाजले रुपन्देहीमा बुझायो ज्ञापन पत्र

  • भदौ ४, २०८०
  • १२७२ पटक पढिएको
  • रामएकवाल राम
alt

 धनिराम काेईरी रुपन्देही - लुम्बिनी प्रदेशमा दलित समुदायहरुको हकहितका लागि प्रदेश सरकारले दलित विधयेक ल्याउन चमार कल्याण समाज नेपालले माग गर्दै आईतवार जिल्ला प्रसासन कार्यलय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । समाजका केन्द्रिय अध्यक्ष दिनेश चमार र जिल्ला प्रतिनिधि रिंकला हरिजन , द्धवारीका हरिजन लगाएतले प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेलाई प्रदेश सरकारले ल्याउन लागेको प्रदेशीक निजामति विधयेक र शिक्षा विधयेकमा तराई मधेशका दलितहरुलाई जनसंख्याको आधारमा आरक्षण दिनुपर्ने , चमार जातीहरुलाई कम्तीमा ६.८ प्रतिशत आरक्षणको ब्यवस्था गर्नुपर्ने लगाएतको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।

नेपालमा आफुहरुलाई राज्यले , समाजले सबै भन्दा पछाडि पारेकोले मधेशी कोटाबाट पनि चमार जातिहरुलाई छुट्टै आरक्षण र दलित कोटाबाट समेत जनसंख्याको आधारमा आरक्षण दिनुपर्ने ,एक विद्यालय एक दलित शिक्षक (जनसंख्याको आधारमा ) निति बनाउनुपर्ने ,तराई मधेशका सबै भन्दा उत्पीडनमा पारिएका चमार डोम , मुसहर , धरिकार , पासी , खत्वे , धोबी , खटिक आदी जातिहरुलाई जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पहुच पुगाउनुपर्ने लगाएत माग गरिएको समाजकी जिल्ला प्रतिनिधि रिंकला हरिजनले जानकारी दिनुभयो ।

हरिजनका अनुसार लुम्बिनी प्रदेशको प्रस्तावित प्रदेश निजामति ऐन , शिक्षा ऐनमा चमार जातिहरुलाई छुट्टै आरक्षणको ब्यवस्था गरि समाबेश गराउनुपर्ने , चमार जातिहरुको पुर्खौली पेशा सुडेनी लाई स्वस्थ्य मन्त्रालयले संरक्षण गर्दै हरेक चमार महिलाहरुलाई हरेक स्वाथ्य सस्थामा ब्यवस्थापन गर्नुपर्ने माग गरिएको ज्ञापनपत्रमा उल्लेख भएको बताईन ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ भरतमणी पाण्डेले आफुले चमार समुदायहरुको मागलाई मुख्यमन्त्रि,प्रदेश प्रमुख , समाजिक विकास मन्त्रालयमा भोली नै पठाउने र समाजको माग प्रति आफुहरु सकारात्मक रहेको बताएको चमार कल्याण समाज रुपन्देहीका अर्का प्रतिनिधी द्धवारीका हरिजनले जानकारी दिनुभयो । साथै सिडब्लुएसले विभेदका विरुद्धमा गर्दै आईरहेको कार्यहरु अत्यन्तै सराहनिय रहेको भन्दै समाजको प्रसांशा समेत प्रजिअले गरेको हरिजनले बताए ।IMG-20230821-WA0052

प्रतिक्रिया दिनुहोस

१५ औँ सिरहा जिल्ला स ...

ओम प्रकाश यादव लहान जेठ १७ । सिरहा जिल्लाको प्रतिष्ठित खेलकुद प्रतिस्पर्धा मानिने १५ औँ जिल्ला स्तरी ...

छोरीको बिहेका लागि ख ...

नरेशचन्द्र बरबरिया सिरहा, जेठ १७ । आर्थिक अभावका कारण छोरीको विवाह गर्न नसकेका सिरहा नगरपालिका&ndash ...

शिक्षक नियुक्ति प्रक ...

रहमुल लहान १६ जेठ । सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१