Siraha Times
ताजा समाचार

कांग्रेसको अभियान समारोह भेला सम्पन्न

  • भदौ १, २०८०
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स १ भदौ  । सिरहाको गोलबजार वडा नं ६ धमनी थानको परिसरमा नेपाली कांग्रेस पार्टीको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा सांगठनिक सुदृढ़ीकरण आन्तरिक बिशेष अभियान समारोह भेला सम्पन्न भएको छ । नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य तथा नेपाल सरकारका अर्थमन्त्री डा प्रकाश शरण महत विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति राजीव ढुंगाना , गोबिन्द भट्टराई, प्रदेश सभापती कृष्ण प्र . यादव, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, माननीय मन्त्री विरेन्द्र सिंह, महामन्त्री उपेन्द्र यादव, महोत्तरी जिल्लाको सभापती नागेश्वर यादव,लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको हो ।

पानसमा दीप प्रज्वलन गरी प्रमूख अतिथि डा महतले उद्दघाटन गरेपछि कार्यक्रम औपचारिक रूपमा अघि बढेको थियो । कार्यक्रममा वीर सहिदप्रति स्मरण गर्दै राष्ट्रिय गान गाएर कार्यक्रमलाई अगाडि बढाइएको थियो । चर्को घाम र प्रचण्ड गर्मी भएतापनि टोल बस्तीबाट कार्यक्रममा सहभागी हुन आएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिले कार्यक्रम स्थल भरिभराउ भएको थियो । पार्टी निकट सांस्कृतिक टोलीद्वारा प्रस्तुत गरिएको नृत्यले कार्यक्रमलाई प्रभावकारी बनाएको थियो ।

कार्यक्रममा सहभागी हुन आएका अथितीहरुले आ आफ्ना धारणा राखेका थिए भने सबै धारणालाई समेटेर प्रमूख अतिथि डा महतले पार्टीभित्र सकारात्मक चिन्तनको विकास हुनेपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमलाई समापन गर्दै पार्टी सभापति यादवले पार्टीको आंतरिक मामिलाप्रती केन्द्रिय समिति गम्भिर हुनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको उदघोषण शैलेन्द्र यादवले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१