Siraha Times
ताजा समाचार

परराष्ट्रमन्त्री ज्ञवालीलाई ९ कक्षा फेल भनेपछि , प्रदीप ज्ञवीलीले के भने जुन भाईरल नै भयो ?

  • चैत १०, २०७४
  • ९३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १० | नेपालको यो विशेषता कारण छन्। राष्ट्रपति आईए फेल, प्रधानमन्त्री एसएलसी, उपराष्ट्रपति टेष्ट र परराष्ट्र मन्त्री नौ कक्षा फेल तर, तिनले नै सत्ता चलाउने देश बिरलै छन्। उनीहरुको पदको रवाफ र बुद्धिको कर्कस देखाउने ठाउँ उद्घाटन समारेह भन्दा अर्को छैन’, यो हो पत्रकार अच्यूत वाग्लेको ट्विट। बिहीबार वाग्लेले गरेका ट्विटले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलीसँग उच्च तहको औपचारिक शिक्षा नभएको विषयलाई उठान गरेको छ। पढ्दा सामान्य लाग्ने पत्रकार वाग्लेको ट्विटविरुद्ध धेरैले आलोचना र आक्रोश मिश्रित प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा सक्रिय रहेका मन्त्री ज्ञवालीले भने बिहीबार दिउँसो पत्रकार वाग्लेलाई ट्विटरमै सालिन जवाफ फर्काएका छन्।

मन्त्री ज्ञवालीले सुकरातको भनाइ उल्लेख गर्दै पत्रकार वाग्लेलाई आफ्नो पढाइबारे शब्द खर्चिएकोमा धन्यवादसहित जवाफ दिएका हुन्। ट्विटरमै ज्ञवालीले दिएको जवाफ, ‘धन्यवाद वाग्ले सर, मेरो पढाइबारे केही शब्द खर्चिनु भएकोमा। सुकरातले भनेका थिए रे–‘म एउटै कुरा जान्दछु, त्यो के हो भने म केही पनि जान्दिनँ।’ उनको यही भनाइले मलाई प्रेरित गरिरहन्छ र म सरहरुसँग सिकिरहन चाहन्छु, जिन्दगी भर। पत्रकार वाग्लेको ट्विट र मन्त्री ज्ञवालीको जवाफ सबैले बुझ्ने भाषामा भएकाले यहाँ थप व्याख्या गर्नुपर्ने आवश्यकता छैन। यद्यपी पत्रकारको ट्वीट र मन्त्रीको जवाफले औपचारिक शिक्षा ठूलो कि अनौपचारिक अध्ययन र अनुभव ठूलो भन्ने बहसलाई ब्यूताएको छ।

पक्ष र विपक्षमा जतिपनि तर्क गर्न सकिन्छ। पार्टी सदस्य, विश्वविद्यालयको व्यापारीले मात्र सहभागिता जनाए यो विषयमा सच्चा बहस नहुन सक्छ। बहसको निष्कर्ष तर्कले निकाल्छ। फेरि बहसको अन्त्य पनि कहिल्यै हुँदैन। संसारमा पढेकै मान्छे मात्र पदमा छन् भन्ने तर्क व्यवहारिक हुँदैन। अनुभवले पदमा पुगेर विश्व हल्लाउने महान व्यक्ति पनि कम छैनन्। यद्यपी अनुभवको अभ्यास गर्न सक्ने चलायमान क्षमता भने त्यस्ता व्यक्तिमा देखिन्छ। पत्रकारको ट्विट मन्त्रीको जवाफ, आम ट्विटर प्रयोगकर्ताको सहभागिताले यो बहसलाई नयाँ मोड दिएको छ। यो बहसमा पत्रकारको ट्विटप्रति आक्रोश व्यक्त गर्नेको संख्या बढी छ। तर्क आउँन सक्छ। मन्त्रीलाई चाकडी गरे। त्यो मात्र होइन। यहाँ मन्त्रीको मात्र कुरा छैन। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको औपचारिक शिक्षामा प्रश्न उठाइएको छ। यो लाइनको बहसले सम्पूर्ण देशलाई नै कमजोर बनाउने तर्क पनि गर्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१