ताजा समाचार

चालु आर्थिक वर्षमा सिरहामा सडक दुर्घटनामा पाँच दर्जनले ज्यान गुमाए

  • फागुन २३, २०७५
  • १३७२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

मुकेश यादब/राम नारायण पंडित, सिरहा, २३ फाल्गुन । सिरहामा साउनदेखि माघ महिनासम्म ८१ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी ६२ जनाले ज्यान गुमाएका छन् भने ८० जना घाइते भएका छन् । चालु आर्थिक बर्ष २०७५/ ०७६ को साउनदेखि माघ महिनासम्म भएको उक्त दुर्घटनामा ५३ जना पुरुष, ६ जना महिला र १ जना बालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । जसमा १४ बटा बस, ६८ बटा मोटरसाइकल र जिप कार १६ बटा दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ । 
42309007_907184559451905_1060814835727466496_n
आर्थिक बर्ष २०७२/०७३ मा २ सय ५५ बटा सबारी साधन दुर्घटना हुँदा ५७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी ४ सय ७५ जना घाइते भएका थिए । त्यसैगरी २०७३/०७४ मा सबारी दुर्घटामा ७८ जनाको मृत्यु भएको थियो भने ५ सय ८१ जना घाइते भएका थिए । गत आर्थिक बर्ष २०७४/०७५ मा २ सय ३९ सबारीसाधन दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ३ सय ८४ जना घाइते भएका थिए । 
52368349_1003817553121938_356681176913543168_o
राजमार्गमा यात्रारत बिहारी साहले भने, “ बाटो साधुरो छ, फराकिलो हुनु पर्छ, साधुरो बाटोमा दुर्घटना हुने डर हुन्छ, दिन प्रतिदिन गाडी थपिदैछ तर बाटोे जस्तको त्यस्तै छ ।” स्थानिय मधुराम सिंहले भने, चालकले नियम पालना गर्दैन, सबारीसाधनको चाप छ, बाटो सागुरो छ, यसको लागि सरकारलाई चासो देखाउनु पर्छ । अर्का चालक राजकुमार मंडल भन्छन, “सडक चार लेनको बनाउनु पर्छ, मोटरसाइकल चालकले ओभरटेक गर्दा दुर्घटना बढी हुन्छ त्यसलाई कन्ट्रोल गनुपर्छ ।”
 
सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न चेकजाँच तथा छड्के जाँचमा कडाई गरेका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमका चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।  
 
पशुचौपाया सडकै ढाक्ने गरी हिँड्न थालेपछि दुर्घटनामा वृद्धि भएको समेत उनले थपे । दुर्घटना न्यूनीकरण र सचेतनाका लागि ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा संकेत चिह्न राख्नेदेखि चालकलाई स्वास्थ्य परीक्षण समेत गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤