Siraha Times
ताजा समाचार

सिरहामा छाडाचौपाया अव्यवस्थित हुदा दुर्घटनाको जोखिम बढ्दै,नगरपालिकाको सूचना कागजमै सिमित

  • साउन १९, २०८०
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, १९ श्रावण । सिरहा सदरमुकाम सिरहा नगरपालिकाका बजार क्षेत्रको मुल सडक अव्यवस्थित छ । सडक दुर्घटना र बजार उभोगक्तलाई सहज बनाउन् सिरहा नगरपालिकाले सडक विस्तार गरेपनि नगरवासिले सहज भन्दा असहज महसुस गरिरहेका छन् । नगरपालिकाले बजार क्षेत्र विस्तार गरेको सडकमा रहेको फोहर हटाउन सकेको छैन् । सडक क्षेत्रमा रहेका जमेका पानीमा डेंगी लामखुट्टेको जिवन चक्र पालन भईरहेको छ । बजार क्षेत्रमा खाल्डाखुलीमा जमेका पानी जिवन चक्र वृद्धि गरको डेंगी लामखुट्टेले डेगी रोगी पनि फौलाई रहेको छ । नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले सडक व्यवस्थित गरी सुन्दर सहर र दुर्घटना न्यूनीकरण गर्न पटक पटक सूचना गरे पनि त्यसको केही असर परेको देखिँदैन। सडकमा पशु चौपाया छोड्दा दुर्घटनाको जोखिमसँगै सडक पनि अव्यवस्थित देखिन्छ । सडक दुर्घटना तथा सुन्दर सिरहा तथा हरियाली सिरहाको कल्पन गरी नगरपालिकाले खर्च गरी रहेको बजेट वालुवामा पनि हालेको जस्तो देखिन्छ । सुन्दरता र हरियालीका नाम बजेट पचाई भ्रष्टाचार गरिरहेको नगरवासिहरुका गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१