सलहेश डाँडामा बाटो पुग्दा स्थानीय हर्सित

  • साउन १९, २०८०
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १८। आम जनताको भावनालाई खयाल गर्दै सिराहा र उदयपुरको सीमानाको रूपमा रहेको सलहेश डाँडामा वडा अध्यक्ष अमित ठकुरीको पहलमा बाटो पुगेको अवस्था रहेको देखिन्छ । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै आएका छन वडा अध्यक्ष अमित ठकुरी ।

सिरहा र उदयपुर जोड्ने सिराहा जिल्लाकाे धनगढीमाई नगरपालिका वडा नं. १४ स्थिति सर्रे बस्ती हुँदै कटारी नगरपालिकाको वडा नं. ५ काे भाेर्ले बस्ती जाेड्नका लागि दुवै वडाकाे सिमामा रहेकाे चुरे जंगलकाे सलहेस डाँडासम्म सडक ट्र्याक ल्याईसकेकाे अवस्थामा भाेर्ले सिरानदेखि करिब ३ कि.मि. दुरी सिराहाको भूमिलाई जोड्नका लागि खनिएको उक्त सडकलाई पूर्ण रूपमा जाेड्नका लागि धनगढीमाई न.पा. वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी लगाएत स्थानिय वडाबासीहरूसंग र कटारी वडा नं. ५ का वडाबासीहरू बिच साेही स्थानमा व्यापक छलफल गरि उक्त सडकलाई पूर्ण रूपमा जाेडि अन्तर प्रदेशकाे भावनात्मक सम्बन्ध सुमधुर बनाउनका लागि आ-आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । दुई जिल्लाको सडकले उदयपुर ,खोटाङ ,सोलु , ओखलढुंगा , भोजपुर , लगाएत यस मार्गले पहाडी जिल्लाहरूमा पुग्नका लागि छिटो छरितो पुग्न सकिने अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

समाजसेवामा समर्पित इ ...

लहान असार ३ । जीवनदान दिने सच्चा नायक मधेशको माटोमा जन्मिएर समाज र जनताको पीडा आफूमाथि बोकेर निःस्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१