बोदे बर्साईन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गर्न किसान संघर्स समितिको माग

  • साउन १८, २०८०
  • ६९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह श्रावण १८ बोदे बर्साईन । सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिकालाई तत्काल सुख्खा क्षेत्र घोषणागरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्नेसहितका पाँच सूत्रीय माग राख्दै किसान संघर्स समिति बोदे बर्साईनले बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको छ । किसान संघर्स समिति बोदे बर्साईनले एक कार्यक्रमको आयोजना गरि बिहिवार किसान संघर्स समिति बोदे बर्साईनका संयोजक श्रीप्रसाद भगतको नेतृत्वमा बोदे बर्साईन नगरपालिकाको कार्यालय पुगेका एक टोलीले नगर प्रमुख आतेश कुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको छ ।किसान संघर्स समिति बोदे बर्साईनको संयुक्त टोलिमा वडा अध्यक्ष मो.मोजिबुर रहमान,वडा अध्यक्ष राज कुमार यादव ( बिरेन्द्र) स्थानीय बुद्धिजीवी मो . गफुर , अरुण कुमार यादव , अनिल प्रसाद सिंह , मो जमिर पत्रकार उमेश कुमार साह सहितको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्रमा लामो समयदेखि सप्तरीको विभिन्न पालिका सहित बोदे बर्साईन नगरपालिकामा पानी नपरेपछि आमनागरिक र किसानले पानीको अभावमा खेतीपाती गर्न नसकेकाले तत्काल सुख्खा क्षेत्र घोषणा हुनुपर्ने, सप्तरी जिल्ला सहित बोदे बर्साईन नगरपालिकामा हाल फैलिएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणकाका लागि भ्याक्सिनको व्यवस्था गर्नुको साथै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, किसानका लागि उन्नत वीउविजन, सिँचाइ तथा मलखाद सरल र सहज उपल्बधताको सुनिश्चित गर्नुपर्ने, कृषि विधुतीकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर नगरपालिकाले किसानलाई सहज रुपमा उपलब्ध गर्नु पर्ने माग गरिएको छ।

बोदे बर्साईन नगरपालिकामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको मागहरू रहेको छ । समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख यादवले बोदे बर्साईन नगरपालिकामा तत्काल देखिएको खानेपानीसहित कृषि कर्मका लागि आवश्यक पानीको समस्याबारेमा स्थानीय सरकार गम्भीर रहेको बताइएको छ । नगर प्रमुख यादवले यस विषयमा ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय , कृषि तथा पशुपन्छी बिकास मन्त्रालय तथा अन्य सरोकारवालाको विज्ञसँग छिटो छलफल गरेर आफू पनि सर्वदलीय बैठक बोलाएर समस्याको समाधानका लागि अगाडि बढिसकेको बताए ।

नगर प्रमुख यादवले भने हामीलाई जानकारी अनुसार समस्या समाधानका लागि तीनै तहका सरकार आफ्नो ठाउँबाट काम गरिरहेको बताइन्छ । उनले सप्तरी जिल्लाभरी को धेरैजसो ठाउँमा स्थानीय पालिकाले खानेपानी वितरण गरिरहेको छ । उनले यस प्रकारको समस्या यसवर्ष मात्रै नभएर आगामी दिनमा पनि हुनसक्ने भएकाले बोदे बर्साईन नगरपालिका सहित सम्पुर्ण स्थानीय सरकारले यसको दीर्घकालीन समाधानका लागि आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१