ताजा समाचार

लग्मामा सोमनाथ महादेव मन्दिरको समुदघाटन

  • फागुन २०, २०७५
  • १४७४ पटक पढिएको
  • राजन सिंह
alt

राजन सिंह फागुन २० । महाशिवरात्रीको अवसरमा धनुषाको नगराईन नगरपालिका-६ स्थित लग्मामा सोमवार सोमनाथ महादेव मन्दिरको समुदघाटन सम्पन्न भएको छ । मन्दिरको समुदघाटन गर्दे नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिले रुद्राभिषेक समेत गरेका छन । समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले देवहरुको देव महादेवको मन्दिर स्थापनाले यस क्षेत्रका स्थानीयहरुलाई पुजापाठका लागि बाहिर जानुपर्ने बाध्यताको अनत्य भएको बताएका छन । महादेव नेपालीहरुको ज्वाई रहेको बताउंदै उनले नेपाल देवहरुले रुचाउने स्थल रहेको बताएका छन । पार्वती हिमालयको छोरी रहेको र हिमालय नेपालमा नै रहेकोले पार्वती नेपालको छोरी रहेको उनले बताए । धार्मिक कार्यहरुले मानिसमा भएको नाकारात्मक पक्षलाई समाप्त गरि सकारात्मक सोचको विकास हुने भएकोले धार्मिक कार्यमा आफुलाई समेत निकै नै रुची रहेको उनले बताएका छन । स्थानीय धनबीर मंडलको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा प्रदेश सभासद शिवचन्द्र चौधरी , क्षेत्र नं. ३ का क्षेत्रीय सभापति कन्हैयालाल कर्ण , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , तरुण दल धनुषा अध्यक्ष संजयलाल कर्ण , पुर्व प्रमुख जिल्ला अधिकारी जिवछ मिश्र , श्याम निधी सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤