ताजा समाचार

नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको अध्यक्षमा पटेल चयन

  • साउन १४, २०८०
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बीरगंज १४ साउन । नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरमा सम्पन्न भएको छ। जनकपुरधाम स्थित भानुचोकमा रहेका अतिथि सदनमा अधिवेशन सम्पन्न भएको थियो। नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको अध्यक्षमा संजय कुमार पटेल (पपु)चयन भएका छन् । प्रथम मधेश प्रदेश अधिवेशनले पर्साका पटेलको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा नाग्रेन्द पटेल, उपाध्यक्षमा नन्दन बानियाँ, सचिवमा सुदर्शन काप्ले, सहसचिवमा कुन्दन बानियाँ तथा कोषाध्यक्षमा प्रविण कुमार कर्ण चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा रामेश्वर प्रसाद गुप्ता,राज कुमार यादब,अशोकानन्द प्रसाद साह, मनोज कुमार चौधरी र संदिप श्रेष्ठ चयन भएका छन् । अधिवेशनले समितिको सल्लाहकारमा भरत अधिकारी र आमन्त्रित सदस्यहरुमा तोता कुमारी फुयाँल र राकेश पटेललाई चयन गरेको छ । नेपाल कुरियर सेवा संघको केन्द्रीय उपाध्यक्ष अनिलराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सञ्जय मण्डल, केन्द्रीय सदस्य किरण थापा र निर्मल राठि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤