सिराहा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न

  • साउन १३, २०८०
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १३ । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाईकाे जिरोमाइलमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आपसी क्षलफल भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिरहाद्वारा आयोजीत कार्यक्रममा उक्त पार्टीका सम्पूर्ण नगर,गाउँ सभापति तथा भातृ संघसंगठनका सभापतिहरुको भेलामा सहभागिता रहेको थियो । पार्टी सभापति रामचन्द्र यादवको निवासमा आयोजीत कार्यक्रममा विभिन्न पालिका अन्तर्गत रहेका पार्टीका सक्रिय सदस्य तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

समय परिस्थिति अनुसार पार्टीको कार्यक्रमलाई ग्रामिण स्तरसम्म समिति बिस्तार गर्दै आम जनताकाे सरोकारको विषयमा पार्टीको नेतृत्व पक्तिले गंभीर रूपमा लिएर अगाडि बढ्ने लगायतका समसमायिक विषयमा छलफल गरिएकाे थियाे । पार्टी सभापति रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न टोल बस्तीवाट आएका नेता तथा कार्यकर्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१