कहाँ छ अख्तियार ? कहाँ छ सम्पति शुद्धिकरण विभाग ? करोडौं करोडको सम्पत्ति कसरी जोडे लेखा अधिकृत उपेन्द्र यादव ?

  • साउन ८, २०८०
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजीत चौरसिया,वीरगंज ८ साउन। यातायात व्यवस्था कार्यालय सवारी शाखामा कार्यारत्त लेखा अधिकृत उपेन्द्र यादवले जागिरको सानै अवधिमा करोडौं करोडको सम्पत्ति जोडे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको ध्यान नजांदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् । रौतहट जिल्ला निवासी अधिकृत यादवले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां भ्रष्टाचार गर्दै केही खेतिहर जमिन र आलिशान महल जोडन सफल भए । उनी पर्सागढी नगरपालिका वडा नं. ३ बढनिहारमा बनाएको घरको तस्विरमा पलास्टर नभए पनि बिगत केही महिना पहिले पलास्टर पनि गराईसकेका छन् ।

अर्को घर उनी वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा बनाउन सफल भएका छन् । भ्रष्ट अधिकृत यादवले सानै अवधिमा दुई वटा घर, ग्रामीण भेगमा खेतिहर जमिन र वीरगंजको दुई÷तीन ठाउंमा घडेरीहरु उनी आफ्ना विश्वासपात्र आफ्न्तहरुको नाममा किनेको उनका निकटवर्तीहरु बताउंदछन् । हाल उनी सवारी शाखाको लेखा शाखामा लुटतन्त्र मच्चाउदै आफ्ना सहायकहरु मार्फत सेवाग्रहीहरु संग नगदी रसिद काटने नाउमा रु. ५०÷१०० असुल्ने गर्ने गराउने गरेको भुक्तभोगीहरु बताउंदछन् ।

सो कार्यालयमा जाने सेवाग्रहीहरु बैंकमा राजस्व जम्मा गरी लेखा शाखामा नगदी रसिद कटाउन जांदा बाध्यतावस बैंकको ओसी भौचरमा रुपैया बेरेर दिने गरे पछि मात्र सहायकहरुले नगदी रसिद काटने गरेको बताईन्छ । लेखा शाखामा कार्यरत्त कर्मचारीहरु केही करारमा रहेका छन् भने केही बेतल्बी रहेका छन् । यतिमात्र कहां हो र ? नयां सवारी दर्ता, नामसारी र बिमा बिनाको सवारी नविकरण लगायतको कार्यहरुमा लेखा शाखालाई सानो सवारी शाखा, ठुलो सवारी शाखा लगायतकाले सवारी धनीहरुलाई भनि निश्चित रकम दिन लगाउने गरेको सेवाग्रहीहरु बताउंदछन् ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१