Siraha Times
ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह जहाँ गए आर्थिक लफडाको चपेटामा

  • साउन ४, २०८०
  • २८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/ लहान, ४ साउन । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका गाउँपालिका मध्येमा सबैभन्दा बढी बजेट पास गर्ने पालिका लक्ष्मीपुर पतारी गाउँपालिका हो । तर, जन उपेक्षित विकास कहीँ कतै देखिदैन । यसै विषयलाई लिएर नेकपा एमालेलाई आज ध्यानाकर्षण भएको छ । आज बिहीबार लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रत्यासी तथा गाउँपालिका ईन्चार्ज देव नारायण साहले आर्थिक वर्ष २०७९/०८० को खर्च विवरण मांग सहितको सुचना उपलब्ध गराउन मांग गरेको छ।

यता , कमिसनखोर अशोक कुमार सिँह जहाँ गए - आर्थिक लफडा लगाउने गरेको देखिन्छ । लक्ष्मीपुर पतारी पालिका आउनु भन्दा पहिले वहाँ सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रशासकीय अधिकृतको रुपमा गएको थियोे । तर, भ्रष्ट प्रवृत्तिका कारण त्यहाँका गाउँपालिका अध्यक्ष संतोष यादव हाजिर हुन दिएनन् । त्यतिबेला, पालिका अध्यक्षले भनेको थियोे अशोक कुमार सिँह पटकपटक अनियमितता भ्रष्टाचारीलाई हामी राख्दैनौं। बरियारपट्टी पालिकाका ठेलुवालाई काङ्ग्रेसी सेटिङ्गमा लक्ष्मीपुर पतारीमा ठाउँ दिइएको थियोे । त्यहीँ भएर अधिकृत सिँह जहाँ गए - आर्थिक आर्थिक हिनामिनाको घेराभित्र पर्ने गरेको छ ।

यो सँगै लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिँहसँग सो सुचना मांग निवेदनमा तोक आदेश दर्ता गराइ आर्थिक प्रशासन शाखा ( लेखा फाँट ) मा पठाइएको छ। नेकपा एमाले लक्ष्मीपुर पतारी अध्यक्ष तथा वडा न. ५ का वडाअध्यक्ष ब्रहमदेवका अनुसार लक्ष्मीपुर पतारीमा अधिकृतको भ्रष्टलिला र कमिसनखोरी हल्ला बढदै जाँदा सुचना मांग गरिएको बताए । उनका अनुसार - गाउँपालिकाको आ. व. २०७९/०८० को गाउँ सभाबाट विनियोजित रकम मध्यबाट कुन-कुन योजना तथा कुन शिर्षकमा के कति रकम खर्च भए / नभएको सम्पूर्ण विवरण मांग गरिएको बताए ।

नेपालीको संविधान २०७२ को धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा २ अनुसार नागरिकलाई सुचना पाउने अधिकार छ । यता , लक्ष्मीपुर पतारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिँह हाजिर भए दिन देखि हरेक योजना विकास योजनामा कमिसनखोरी र अनियमितताको चर्चा चौतर्फी चलिरहेको छ। स्थानीयहरुका अनुसार अधिकृत अशोक कुमार सिँहसित बिना कमिसन भुक्तानी लिनै गाह्रौं हुने गरेको बताउँछन् ।

सेटिङ्ग मिलाउन अधिकृत सिँह र आर्थिक प्रशासन शाखाका लेखापाल असार २५ गते पछि हप्तौं गायब भएका थियोे । यता, लक्ष्मीपुर पतारी पालिकाका सेवाग्राहीहरुका अनुसार - प्रमुख प्रशासकीय अधिकृतलाई मोबाइल ९८४४८६२७४१ मा पटकपटक फोन गर्दा स्वीच अफ र फोन नउठाउने गरेको व्यापक जनगुनासो छ। यदि अधिकृत सिँह अझै बढीमा ६ महिना मात्रै रहे, पालिकाको नाम कमिसनखोर पालिका हुने बताउँछन् । यस्तो यस्तो भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत अशोक सिँह भने कर्मचारीलाई सरुवा हुनुपर्छ । यदि सरुवा नभए पालिका समेत डुबाउनेछ जस्ता चियाचर्चामा स्थानीयहरु गफिन्छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१