Siraha Times
ताजा समाचार

लहान नगरपालिकामा नहर सफा नहुँदा दुर्गन्धित बन्दै बजारक्षेत्र

  • साउन ३, २०८०
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान , ३ साउन । सिराहा जिल्लाको लहान दिनानुदिन फोहोर र दुर्गन्धित बन्दै गइरहेको छ। लहान नगरपालिकाको नहर समयसमयमा सफा नगरिदा यतिबेला नहर फोहोरै फोहोरले भरिएको छ। तर, यस विषयमा नगरप्रमुख मेयर महेश प्रसाद चौधरीले कुनै किसिमको चासो देखिएको छैन । यो सँगै व्याप्त फोहोरका कारण लहान नगरपालिका भित्रका वडा, टोल , लहान बजार दुर्गन्धित बनेको अवस्था छ । असार बितिसक्दा समेत साउन पहिलो साता चलिरहँदा पनि नहरको सरसफाइमा कुनै चासो नहुनु दुखद् भएको बताउँछन् लहानका स्थानीय चन्देश्वर महतो ।

वहाँ भन्नुहुन्छ - असारमा पानी पर्दा नहर फोहोरै फोहोरले जाँम हुन्छ । अहिलेको अवस्थामा नहरमा प्लास्टिक जन्यपदार्थ भरिएको छ । नहरमा घाँसपात , विभिन्न किसिमको ठाउँठाउँमा झाडीहरु उम्रेर विरुवाको रुप लिइएको छ। नहरभित्र कालो पानी जमेर पुरै दुर्गन्धित र नराम्रो वास्ना आउने गरेको देखिन्छ । लहानको दुर्गन्धित नहरका कारण लामखुट्टेको घर बन्दा शारीरिक मानसिक स्वास्थ्य प्रत्यक्ष असर हुने गरेको स्थानीयहरु बताउँछन् । फोहोर नहरका कारण नहर छेउछाउका घरभित्र बस्न खपठ्यारो हुन्छ। लहानमा लामखुट्टेका कारण डेङ्गु , स्वाशप्रस्वास , रुघाखोकी , ज्वरो लगायत अनेकन रोग व्याधि फैलिने गरेको अवस्था छ। यता, लहान नगरपालिकाले फोहोरको उचित व्यवस्थापन दिगोपना कुनै सकारात्मक कदम चालेको पाइदैन ।

यता, लहान बजारको प्रत्येक घरडेराबाट फोहोर उत्सर्जन हुन्छ , होटल , कलकारखाना, उधोग , कलकारखाना ,अस्पताल , स्कुल खाली मैदान र पसलहरुबाट पनि फोहोर उत्पादन हुनु स्वभाविक हो । यसको निराकरणका लागि दीर्घकालीन सोच समभ्बत नयाँ नयाँ योजनाहरु निर्माण गरिनुपर्ने अवस्था छ। यसै फोहोर नियन्त्रणको विषयमा लहान नगरपालिकाका स्थानीय चन्देश्वर महतोका अनुसार - प्रत्येक आर्थिक वर्षमा लहानमा १ अर्ब बढी बजेट पास गर्दछन्। तर, १०/१५ प्रतिशत काम हुन्छ बाँकि सबै गुणस्तरहीन, अनियमितता र भ्रष्टाचार गरि जनप्रतिनिधि तथा कर्मचारी मिलेमतोमा झवाम्म हुने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा कृषि तथा ...

ओम प्रकाश  यादव लहान, वैशाख १७ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहर ...

लहान–२० मा नवनिर्मित ...

ओम प्रकाश यादव लहान वैशाख १७ । सिरहाको लहान नगरपालिका–२० मा नवनिर्मित वडा कार्यालय भवन औपचारिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१