ताजा समाचार

सत्तामा रहेकाहरु नै संघियता कार्यान्वयनमा गम्भिर छैन ः ठाकुर

  • फागुन १९, २०७५
  • ९९५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह जनकपुरधाम फागुन १९ गते । सत्तामा रहेकाहरु नै संघियता कार्यान्वयनमा गम्भिर नरहेको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले आरोप लगाएका छन । चेतनाले जनकपुरधाममा आयोजना गरेको संघियता कार्यान्वयन विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजपा नेता ठाकुरले वर्तमान संविधान जारी गर्नेहरु मध्येबाट नै केही तत्व नै संघियता बिरोधी रहेकाले संघियता कार्यान्वयन तर्फ मुलुक गम्भिर हुन नसकेको आरोप लगाएका छन । उनले वर्तमान सरकारका नेतृत्वकर्ताहरु पंचायती शासनको समयमा रहेको राष्ट्रियताभन्दा बाहिर आउन नसकेको बताएका छन । मधेशको आवाज कमजोर पार्न र अल्पमतमा पार्नकै लागि मधेशको सीमा अतिक्रमण गर्ने गरी प्रदेशको सिमांकन गरिएको ठाकुरको भनाई थियो । सरकारले सुरक्षा तथा विकासको अनुगमनको जीम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन लागिएकोमा ठाकुरले असंतोष समेत व्यक्त गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश भित्रका सुरक्षा तथा विकासको जीम्मा लगाउन लाग्नु संघियताको मर्म विपरित रहेको आरोप लगाउनुभयो । नेता ठाकुरले मधेशवादी दलसंग विभिन्न समयमा सरकारले गरेको सम्झौताहरु पूरा नगरे फेरी आन्दोलनमै जाने चेतावनी दिनुभयो । उहाँले प्रदेशलाई अधिकार सम्पन्न बनाउने तथा अधिकार प्राप्तिकै लागि वर्तमान सरकारलाई समर्थन गरेको चर्चा गर्दै यी सब पूरा नभए फेरी सडकमै जानका लागि तयार रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤