Siraha Times
ताजा समाचार

जिल्ला सभापती यादव सहितको टोली स्थलगत अध्ययनमा

  • साउन २, २०८०
  • ८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल , साउन २ । सिरहा जिल्लाको सूखीपुर नगरपालिकाको वडा नं ८ र वाडा नंवर १० को बिचमा रहेको गागन नदीको स्थलगत अध्ययन नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव सहितको टोलीले गर्नु भएको छ । बिहान ९ बजेर ४५ मिनेटको समयमा मधेस प्रदेश सरकारका भेोतिक पुर्बाधार बिकास मन्त्री कृष्ण प्रसाद यादव र स्वास्थय मन्त्री बिरेन्द्र प्रसाद सिंह लगायतको मन्त्रीहरु सभापति यादवको जिरोमाईल स्थित निवासमा करिब ३२ मिनेट नेताहरु सँगको भेटघाट गरेका थिए । सभापति यादवको निवासमा सयौको संख्यामा स्वागत गर्न पुगेका स्थानियले भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य मन्त्रीलाई भेटेर आफ्ना टोल बस्तीका समस्याहरू राखेका थिए ।

भौतिक पूर्वाधार मन्त्री यादवले " आफ्नो मार्फत रहेको मन्त्रालयबाट सिरहामा सबै भन्दा बढी बजेट विनियोजन गरेको बताउनु भएको हो ' भेटघाटको क्रममा रहेका स्वास्थ्य मंत्री सिंहले" मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन देख्न पाइने बताउनु भएको हो " । आपसी भेटघाट गर्दै मंत्री सहितको टोली सुखीपुर नगरपालिकाको स्वास्थ्य चौकीको नवनिर्मित वर्थिङ भवनको उद्दघाटन समारोहमा सहभागी हुन पुगेका थिए । स्थानिय गागन नदीको समस्या सभापति रामचन्द्र यादवलाई स्थानियले राखेपछि मन्त्री सहितको टोली उक्त ठाउँमा पुगेर स्थलगत अनुगमन गर्नु भएको हो । वर्षाको समयमा स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भइरहेको गुनासो मन्त्री यादवलाई राखेपछि " पुलको आवस्यक काम र प्रक्रिया अगाडी बढाउने ' बताउनु भएको हो ।

स्थलगत अनुगमनमा रहेका सभापति रामचन्द्र यादवले" आफू भूतपूर्व नभएकोले ग्रामिण क्षेत्रमा सडक निर्माण लगायतका आम जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्दै आएको " बताउनु भएको छ । स्थलगत अनुगमन पछि स्वास्थ्य चौकी सुखीपुर कार्यक्रममा सहभागी हुँदै मंत्री यादवले नवनिर्मित भवनको उद्घघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१