लहान नगरपालिकामा अनियमितताको लहरसँगै विकासको नाममा विनाश

  • साउन २, २०८०
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान , २ साउन । सिराहाको लहान नगरपालिकामा नगरप्रमुखको रुपमा मेयर महेश प्रसाद चौधरी भए दिनदेखि लहान नगर अस्तव्यस्त बनेको छ । लहानमा जतात्यतै विभिन्न विकास निर्माणको नाममा भ्रष्टाचार गरेको पाइएको छ। नगरप्रमुख चौधरी जातीवाद, नातावाद, कृपावाद जस्ता नामले परिचित बन्दै गएको छ । नगरप्रमुख मेयर चौधरी लहान नगरपालिका कार्यालयलाई यतिबेला आफ्नो निजी सम्पत्ति सरह व्यवहार गरिदै आएको देखिन्छ । यो सँगै पार्टीगत कुरा र जनतालाई दिइएको आश्वासन मेयर महेश प्रसाद चौधरी अतिबेला झुठो सावित बन्न पुगेको छ। स्थानीयतह निर्वाचनमा मेयर चौधरीले भन्नुभएको र जनतालाई दिइएको आश्वासन पानीमा बगेर गएको अवस्था देखिन्छ ।

नेपाली काङ्ग्रेसले जित्यो भने - उपचारका निम्ति एउटा राम्रो अस्पताल स्थापना गर्ने भनिएको थियोे । काङ्ग्रेसले जित्यो भने - राम्रो स्कुल कलेज स्थापना गरि गरिब दलितका सन्तानले राम्ररी पढ्छ भनिएको थियोे । फ्री एम्बुलेन्स सेवा दिने , वडावडामा एमबिबिएस डा. राख्ने प्रतिज्ञा गरेको थियोे । तर, यी प्रतिज्ञाहरु अतिबेला लहान नगरवासीका लागि अभिश्राफ बन्न पुगेको छन् । लहान नगरको समृद्धिका लागि प्रत्येक आर्थिक वर्षमा अर्वौअर्व बजेट पास हुन्छ तर - पनि नगरप्रमुख महेश प्रसाद चौधरीले कर्मचारी कार्यकर्ता मिलिजुली झ्वाम्म पार्छन् । जातीवाद मेयर चौधरीले चौधरी समुदायलाई यस असार मसान्तमा मजथाभावी रकम बाडेको र फाइलहरुमा अख्तियारको छापा हुनुपर्ने यहाँका जनताहरुको मांग छ । यता, कमिसनखोर मेयर चौधरी कमिसन लिई पचासलाख रकम छापाखाना शिर्षकबाट गैरतरिकाबाट झ्वाप्प पारेको देखिन्छ । यसमा अख्तियारी हुनु जरुरी देखिन्छ ।

अत: यो सँगै लहान नगरको बेतिथि यस प्रकार रहेको छ :-

(१.) सेल्फी रोडमा मेयरकै मिलेमतोमा व्यापक भ्रष्टाचार ।

(२.) नगर बस स्टेण्ड गिराउनु / बे-वास्ता गरिनु।

(३.) नगर ह्रासका साथै कुुरुपता देखिनु।

(४.) नगरका नालाहरु दिनानुदिन फोहोरी बन्दै जानू।

(५.) लहान नगर बस जे.एस. मुरारका क्याम्पसलाई फ्रीमा दिनु।

(६.) आर्थिक सहयोगको नाममा जाती र अधिल्लो चुनावका निम्ति पार्टीगत कार्यकर्ता पाल्नु।

(७.) मेयर हरेक विकास निर्माण कार्यमा कमिसन खानु।

(८.) आफ्नो आसेपासेलाई कृषि यन्त्र वितरण गरिनु।

(९.) नगर शिक्षकमा अधिकाँश चौधरीलाई करारको जागिर दिनु ।

यी र यस्ता नसुहाउँदो क्रियाकलाप गरि नगरवासीलाई दु:खी तुल्याउने गरेको देखिन्छ । यता , लहान नगरमा भ्रष्ट मेयरलाई हतकडी र कार्यवाहीको चर्चा जताततै सुन्न पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१