प्रकृति एवम नदी अधिकार संरक्षणको लागि प्रदेशस्तरीय समिति गठन

  • साउन १, २०८०
  • ६१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा श्रावण १ गते । प्रकृति एवम नदी अधिकार संरक्षण अभियान मधेश प्रदेशस्तरीय अभियन्ता सम्मिलन सम्पन्न भएको छ । शनिबार ढल्केवर धनुषामा सम्पन्न भएको छ । शनिवार ढल्केवरको कोमल होटलमा मधेश प्रदेश स्तरीय अभियन्ता सम्मीलनमा मधेश प्रदेशका आठै जिल्लाबाट प्रतिनिधिहरुको सहभागी रहेको थियो । नेपाल पानी सदुपयोग फाउन्डेसन ,ग्लोबल पिस फाउन्डेसन नेपाल,नेपाल वाटर कन्जरवेसन फाउन्डेसन,र राईट्स अफ साउथ एसियाको सहकार्य र कमला जलाधार संरक्षण अभियानको आयोजनामा एकदिने सम्मिलन भएको हो ।

कमला जलाधार संरक्षण अभियानका संयोजक बिक्रम यादवको अध्यक्षमा भएको सम्मिलन बाट १३ समिति सदस्य गठन भएको हो । प्रकृति एवम नदी अधिकार संरक्षण अभियान मधेश प्रदेशस्तरीय अभियन्ता समितिमा संयोजकमा बिक्रम यादव, सह- संयोजक जमुना पराजुली, सचिब- निरज अधिकारी सदस्यहरुमा- सोनी कुमारी बोम्जन, रिता साह, ई.मनोज कुमार साह, रामएकवाल प्रसाद यादब, श्रीप्रसाद यादब, लक्ष्मी महतो, राजकिशोर सलहैता, भैरबलाल यादब रहेका छन । कमला जलाधार संरक्षण अभियानका संयोजक यादवले भने न प्रकृतिको जथाभावी दोहन ,अतिक्रमण, प्रदुषण र दिनप्रतिदिन कमला नदीमा भैरहेको अबैध उत्खननले बाताबरणमा ठूलो असर परेको छ । यसका कारणले मानिसको व्यक्तिगत जीवनमा ठूलो असर पर्ने गरेको बताए ।

ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा.चिरञ्जीवी भट्टराईले नदि नाला प्राकृतिक चिजलाई हामीले जसरी पनि बचाउनु पर्छ यसका लागि संघिय र प्रदेसस्तर बाटै ठोस नीति नियम बनाएर अगाडि बढनु जरुरी छ । उपस्थित मधेश प्रदेशका जिल्ला अध्यक्षले आफ्नो जिल्लामा भैरहेको कामको प्रगति, समस्या चुनौती र आगामी दिनमा प्रदेशस्तर बाट गरिने कामहरु बारे समुह बिच बृहत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१