Siraha Times
ताजा समाचार

प्रकृति एवम नदी अधिकार संरक्षणको लागि प्रदेशस्तरीय समिति गठन

  • साउन १, २०८०
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा श्रावण १ गते । प्रकृति एवम नदी अधिकार संरक्षण अभियान मधेश प्रदेशस्तरीय अभियन्ता सम्मिलन सम्पन्न भएको छ । शनिबार ढल्केवर धनुषामा सम्पन्न भएको छ । शनिवार ढल्केवरको कोमल होटलमा मधेश प्रदेश स्तरीय अभियन्ता सम्मीलनमा मधेश प्रदेशका आठै जिल्लाबाट प्रतिनिधिहरुको सहभागी रहेको थियो । नेपाल पानी सदुपयोग फाउन्डेसन ,ग्लोबल पिस फाउन्डेसन नेपाल,नेपाल वाटर कन्जरवेसन फाउन्डेसन,र राईट्स अफ साउथ एसियाको सहकार्य र कमला जलाधार संरक्षण अभियानको आयोजनामा एकदिने सम्मिलन भएको हो ।

कमला जलाधार संरक्षण अभियानका संयोजक बिक्रम यादवको अध्यक्षमा भएको सम्मिलन बाट १३ समिति सदस्य गठन भएको हो । प्रकृति एवम नदी अधिकार संरक्षण अभियान मधेश प्रदेशस्तरीय अभियन्ता समितिमा संयोजकमा बिक्रम यादव, सह- संयोजक जमुना पराजुली, सचिब- निरज अधिकारी सदस्यहरुमा- सोनी कुमारी बोम्जन, रिता साह, ई.मनोज कुमार साह, रामएकवाल प्रसाद यादब, श्रीप्रसाद यादब, लक्ष्मी महतो, राजकिशोर सलहैता, भैरबलाल यादब रहेका छन । कमला जलाधार संरक्षण अभियानका संयोजक यादवले भने न प्रकृतिको जथाभावी दोहन ,अतिक्रमण, प्रदुषण र दिनप्रतिदिन कमला नदीमा भैरहेको अबैध उत्खननले बाताबरणमा ठूलो असर परेको छ । यसका कारणले मानिसको व्यक्तिगत जीवनमा ठूलो असर पर्ने गरेको बताए ।

ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा.चिरञ्जीवी भट्टराईले नदि नाला प्राकृतिक चिजलाई हामीले जसरी पनि बचाउनु पर्छ यसका लागि संघिय र प्रदेसस्तर बाटै ठोस नीति नियम बनाएर अगाडि बढनु जरुरी छ । उपस्थित मधेश प्रदेशका जिल्ला अध्यक्षले आफ्नो जिल्लामा भैरहेको कामको प्रगति, समस्या चुनौती र आगामी दिनमा प्रदेशस्तर बाट गरिने कामहरु बारे समुह बिच बृहत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१