संवाद फाउण्डेशनको शाखा सिरहामा बिस्तार, संयोजकको जिम्मेवारी पंकज शर्मालाई

  • असार ३१, २०८०
  • ७२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ३१ असार । मधेस प्रदेश । पंकज शर्मा (पंकज कुमार ठाकुर) संयोजकत्वमा संवाद फाउण्डेशन सिरहा जिल्ला समिति गठन गरिएको छ । फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सिरहा कार्यसमिति बिस्तार गरेको हो । फाउन्डेसनले शाखा बिस्तारको क्रममा १५ सदस्य गरि शाखा बिस्तार गरेको छ । पंकज शर्मा, गिता ठाकुर, बिकास साह, राजबिर साह, जयप्रकाश शर्मा, ओम प्रकाश साह, श्रवण महरा, फुलगेन पासमान, शशिकान्त रजक, यसै गरि १५ सदस्यहरु रहेका छन् । नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपमान्तरणमा टेवा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन् । सिरहा जिल्लाको संयोजकको जिम्मेवारी पाएका शर्माले आफ्नो उत्तरदायीत्व जिम्मेवारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै आफूलाई विश्वास गरेर दिइएको जिम्मेवारीलाई पूरा गरेर संस्थालाई सक्रिय बनाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१