Siraha Times
ताजा समाचार

संवाद फाउण्डेशनको शाखा सिरहामा बिस्तार, संयोजकको जिम्मेवारी पंकज शर्मालाई

  • असार ३१, २०८०
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ३१ असार । मधेस प्रदेश । पंकज शर्मा (पंकज कुमार ठाकुर) संयोजकत्वमा संवाद फाउण्डेशन सिरहा जिल्ला समिति गठन गरिएको छ । फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सिरहा कार्यसमिति बिस्तार गरेको हो । फाउन्डेसनले शाखा बिस्तारको क्रममा १५ सदस्य गरि शाखा बिस्तार गरेको छ । पंकज शर्मा, गिता ठाकुर, बिकास साह, राजबिर साह, जयप्रकाश शर्मा, ओम प्रकाश साह, श्रवण महरा, फुलगेन पासमान, शशिकान्त रजक, यसै गरि १५ सदस्यहरु रहेका छन् । नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपमान्तरणमा टेवा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन् । सिरहा जिल्लाको संयोजकको जिम्मेवारी पाएका शर्माले आफ्नो उत्तरदायीत्व जिम्मेवारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै आफूलाई विश्वास गरेर दिइएको जिम्मेवारीलाई पूरा गरेर संस्थालाई सक्रिय बनाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१