वर्तमान सरकार प्रचारमुखी ः पुर्व प्रधानमन्त्री देउवा

  • फागुन १९, २०७५
  • ८४२ पटक पढिएको
  • राजन सिंह
alt

एलिना सिंह जनकपुरधाम फागुन १९ गते । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार कार्यमुखीभन्दा प्रचारमुखी बढी रहेको बताएका छन् । उनले वर्तमान सरकार काम गर्नुको साटो प्रचार गर्नमै व्यस्त रहेको आरोप लगाए । जनकपुरधाममा आईतवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार काम गर्नुभन्दा बढी ठुल्ठुला भाषणबाजीमा माहिर रहेको बताएका हुन् ।

उनले भने ‘मुलुकमा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढ्दै गएका छन् तर वर्तमान सरकार भने ठुल्ठुला भाषणमै व्यस्त छ ।’ वर्तमान सरकार वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता हनन् गर्न लागिपरेको आरोप लगाउँदै सभापति देउवा कांग्रेस यसका लागि लडिरह्ने दाबी गरे । उनले भने‘ नेपालमा संघियता संस्थागत हुने क्रममा छ, अब संघियतालाई कसैले समाप्त पार्न सक्दैन ।’एक फरक प्रसंगमा बोल्दै पुर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार जनताको अभिव्यतिm स्वतन्त्रता , वाक स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारलाई कुण्ठित पारेको आरोप लगाए । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिए लोकतन्त्र कमजोर हुने चिन्ता व्यक्त गरेका छन ।

नागरिकलाई कुनै पनि बहानामा सूचनाको हकबाट बंचित गरिए र पत्रकारहरुमाथि अंकुश लगाई नेपाली कांग्रेस चुप लागेर नबस्ने बताएका छन । नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र नीधि , केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेका.धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव बिशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१