वीरगंज २९ असार। पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र हालसम्म कार्यरत्त रहेका लेखा प्रमुख श्याम नारायण भगत मालीले भ्रष्टाचारको मामिलामा गन्हाई सक्दा पनि कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ६२ लाख ३८ हजार ८१ रुपैया हिनामिना गर्न गराउदां मलेपको कार्यालयले बेरुजु रकम कायम गरेको छ । जसमध्ये वितरणमुखी खर्चमा मात्रै ८७ लाख ८६ हजार ९ सय ९५ रुपैया हिनामिना गरेको पाईएको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा २४ मा स्थानिय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनौट गरी कार्यान्वयन गर्नु पर्ने व्यवस्था छ ।
तर नगरपालिकाले बिपद् व्यवस्थापन, आर्थिक सहयोग जस्ता शिर्षकबाट ह्याण्ड पम्प, साडी, पोषण सामग्री, स्प्रे टंकी लगायतका सामग्री सोझै खरिद गरी रु. ८७८६९९५/– भुक्तानी दिएको छ । खरिद गरेको सामग्री मध्ये अधिकांश सामग्री वितरणको भरपाई पेश नभएको अवस्था छ । कार्यविधि बेगर वितरणमुखी कार्यक्रममा खर्च गर्दा सो बाट पालिकालाई प्रतिफल प्राप्त हुने नदेखिए पनि त्यस्तो खर्च वास्तविक्ता र आवश्यक्तामा आधारित गरी पारदर्शी तवरले गर्नु पर्दछ । वितरणमुखी खर्चलाई भने नियन्त्रण गर्नु पर्दछ । साथै उक्त सामग्रीहरु सम्बन्धित लाभग्राहीले बुझेको भरपाई नगरपालिकाले संलग्न नगरेको हुंदा लाभग्राहीको परिचयपत्र नम्बर तथा सम्पर्क नम्बर खुल्ने कागजात लगायत वितरणको भरपाई पेश नहुंदा पनि भ्रष्ट अधिकृत यादव र लेखा प्रमुख मालीले कमिशनको सेटिङ्गमा भुक्तानी गरेको पाईएको छ ।
पोषण सामग्री खरिदमा नेपाल स्वास्थ्य फुड ईन्डष्ट्रिबाट रु. ४ लाख ९९ हजार ७ सय ७४ रुपैया, गर्भवती महिलालाई हाईजिंग किटमा शिवदुलारी सप्लायर्सबाट ४ लाख ८० हजार २ सय ५० रुपैया, साडी वितरणमा गणेश ट्रेड सेन्टरबाट ९८ हजार ६ सय १५ रुपैया, २० थान ह्याण्ड पम्प खरिदमा ए टु जेड सप्लायर्सबाट ४ लाख ८३ हजार ४ सय १ रुपैया, स्कूल ब्याग खरिद वडा नं. ५ मा आयुश्री टे«डर्स एण्ड सप्लायर्सबाट ४ लाख ९९ हजार ९ सय १२ रुपैया, कम्बल वितरण वडा नं. ५ मा श्रेष्ठ सप्लायर्सबाट ४ लाख ९९ हजार ४ सय ६० रुपैया, ह्याण्ड पम्प खरिदमा रुवि ट्रेड एण्ड सप्लायर्सबाट ४ लाख ८५ हजार १ सय ६३ रुपैया, कम्बल वितरणमा श्रीयम सप्लायर्सबाट १ लाख ९८ हजार ८ सय ८० रुपैया, पशु औषधि वितरण वडा नं. ६ मा जय मां भवानी भेट कन्सर्नबाट ४ लाख ९९ हजार ५ सय ८० रुपैया, गाई भैंसीका दाना खरिदमा अञ्जली जेनेरल सप्लायर्सबाट ३ लाख ५५ हजार २ सय ५० रुपैया, खेलकुद सामग्री खरिद वडा नं. ५ मा आयुश्री ट्रेडर्स एण्ड सप्लायर्सबाट ९९ हजार ८ सय १२ रुपैया, ह्याण्ड पप्प खरिद वडा नं. ४ मा ए टु जेड सप्लायर्सबाट २ लाख ३६ हजार ९ सय ९९ रुपैया, स्प्रे टयांकी खरिदमा बिसु सप्लायर्सबाट १ लाख ९८ हजार १ सय ३५ रुपैया, चापाकल खरिदमा स्नेहा एण्ड निखिल सप्लायर्सबाट ४ लाख ८५ हजार १० रुपैया, प्लाष्टिक कुर्चि वडा नं. ९ जनजाति टोलमा वितरणमा श्रीयम सप्लायर्सबाट ९९ हजार ६ सय ६६ रुपैया, मास्क सेनिटाईजर वितरण वडा नं. ९ मा आयुश्री ट्रेडर्स सप्लायर्सबाट १ लाख ९९ हजार ५ सय ५८ रुपैया, भेटनरी औषधी वितरणमा मां भवानी भेट फर्माबाट ३ लाख ९९ हजार १ सय ३६ रुपैया, ह्याण्ड पप्प वितरण वडा नं. ६ मा पि प्रजापति सप्लायर्सबाट ४ लाख ८३ हजार ९ सय ७९ रुपैया, ह्याण्ड पप्प वितरण वडा नं. ७ मा पि प्रजापति सप्लायर्सबाट ३ लाख ९० हजार ४ सय ५२ रुपैया, खेलखुद सामग्री वडा नं. ७ मा जितेन्द्र प्रसादबाट ९९ हजार ४ सय ५० रुपैया, फुटबल तथा भलिबल लगायत खेलकुद सामग्रीमा बिद्या एण्ड सन्स सप्लायर्सबाट ४ लाख ९९ हजार ९ सय ६८ रुपैया, स्प्रे टंकीमा लखनी ट्रेडर्सबाट ९ लाख ९६ हजार रुपैया र वडा नं. ९ मा ग्यास वितरणमा सुनिता सप्लायर्सबाट ४ लाख ९८ हजार ४ सय ६५ रुपैया गरी जम्मा ८७ लाख ८६ हजार ९ सय ९५ रुपैयाको सोझै सामान खरिद गरि भ्रष्टाचार गरिएको स्थानिय वासिन्दाको आरोप रहेको छ ।
जुन आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ । भ्रष्ट अधिकृत यादव र लेखा प्रमुख मालीले लाखौं÷करोड भ्रष्टाचार गरि दिन दुगुना रात चौगुना मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारबाही प्रक्रिया अगाडी नबढाउँदा पर्सागढीबासीहरु दांतले औला टोक्न बाँध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस
लहान प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर निर्माण पहल, आगामी बजेटमा रकम विनियोजन गर्न मन्त्रालयसँग अनुरोध
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic