सिरहामा फरक फरक स्थानमा मनाइए सिता दाहालको श्रद्धाञ्जली सभा, गुट अझै कायम

  • असार २९, २०८०
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २९ असार । सिरहामा बिहिबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दहालको श्रीमती स्व.सिता दाहालको श्रद्धाञ्जली सभा फरक फरक स्थानमा मनाइएको छ । पार्टी कार्यालय सिरहाद्वारा सिरहा जिल्लाको गोलबजारमा मनाइएको छ भने मिर्चैया नगरकमिटी द्वारा मिर्चैयामा मनाइर्एको हो । गोलबजारमा भएको श्रद्धाञ्जली कार्यक्रम जिल्ला ईन्चार्ज पुर्व कानून मन्त्री पार्टीका केन्द्रिय सदस्य अजय शंकर नायक (अबिनाश)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथिको रुपमा स्थायी समिति सदस्य पुर्व शान्ति मन्त्री बिश्वनाथ साह , बिशिस्ट अतिथि केन्द्रिय सदस्य जगत यादव ,सुनिता महतो , सुरेशचन्द्र दास यादव , लगायतका नेता कार्यक्रताहरुको उपस्थिती रहेका थिए ।

त्यस्तै मिर्चैयामा भएको श्रद्धाञ्जी कार्यक्रमको अध्यक्षता पार्टीका नगर कमिटी अध्यक्ष धनिकलाल यादवले गरेका थिए । भने प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवको उपस्थिी रहेको थिए । त्यस्तै कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य चन्देश्वर यादव, कर्जन्हा नगरपालिकाको पुर्व नगर प्रमुख गंगा पासमान,उपप्रमुख ज्ञाण कुमारी श्रेष्ठ लगायतको विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बिहिबार दाहालको श्रद्धाञ्जली सभा गोलबजारमा मनाउनका लागि जिल्लाभरका नेता तथा कार्यकर्ताहरुलाई खबर गरि मनाउने कार्यक्रमको आयोजना जिल्ला इन्चार्जले गरेका थिए । तर, इन्चार्जले पार्टीको हितविपरित गतिबिधि गरेको, विभिन्न विषयहरुमा पार्टीका नेता कार्यकर्ताहरुलाई विवादमा तान्ने गरेको, पार्टीभित्र गुट खडा गरि मनोपली तवरले पार्टी चलाउन खोजेको भन्दै उक्त कार्यक्रम आफूहरु छुट्टै मनाउने निष्कर्षमा पुगेको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले बताए । बिगत देखि हामीले उहाँको भुमिका पार्टीमा देखि रह्दा पार्टी हित विपरित भएकोले नेता कार्यकर्ताहरु संग उहाँले छलफल नगरेसम्म एकै ठाउँ वस्ने स्थिती समेत नरहेको यादवले दाबी गरे । स्थानिय निर्वाचनमा जिल्ला इन्चार्जको भुमिको भुमिका गलत रहेकाले पार्टीले सिरहाको विभिन्न पालिकामा हार व्यहोर्नु परेको कर्जन्हा नगरपालिकाको पुर्व नगर प्रमुख गंगा पासमानले बताए ।

पार्टीका जिल्ला इन्चार्जले श्रद्धाञ्जी सभा गोलबजारमा मनाउने कार्यक्रम आयोजना गर्नुभयो तर जिम्मेवार साथीहरुलाई खबर नगरि आफ्नै हिसाबले कार्यक्रम गरेको र पार्टी भित्र ईन्चार्जको कृयाकलाप राम्रो नरहेको हुँदा हामीलाई असन्तुष्टि रहेको केन्द्रिय सदस्य चन्देश्वर यादवले बताए । यो नेतृत्वले पार्टी जिल्लामा सखाप गर्ने, विभिन्न पालिकाहरुमा गुठ निर्माण गरि आफ्नै पार्टीका उम्मेदवार पराजित गर्ने कार्यहरु गरिएकोले इन्चार्जले नैतिक रुपमा राजिनामा दिनुपर्ने यादवले बताए । मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका लगायतका पालिकाहरुको नेता तथा कार्यकर्ताहरुले मिर्चैयामा श्रद्धाञ्जलीसभा मनाउदै पार्टी भित्रमा दाहालको भुमिका र योगदान वारे चर्चा गरेका थिए । पार्टी भित्र र बाहिर राष्ट्रिय आमाको रुपमा उहाँ परीचित रहेको र राज्यले पाएको यो व्यवस्थामा उहाँको योगदान र भुमिकालाई ब्याख्या गर्न नसकिने नेताहरुले जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१