Siraha Times
ताजा समाचार

लप प्रमुख साह विवादमा फस्यो, विपक्षीहरु आन्दोलनको आँधी चलाउँने

  • फागुन १९, २०७५
  • १०५२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

आलोक यादव लहान, १९ फागुन । सिरहाको लक्ष्मीपुर पतारीमा दूई पक्षबीच विवाद चुलिएको छ । संघीय समाजवादी फोरमबाट निर्वाचित भएका लक्ष्मीपुर पतारीका अध्यक्ष रामवलव साहले आफ्ना विपक्षी पार्टीलाई सिधैं इन्कार गर्दै आएको स्थानीयहरुको आरोप छ । गाउँपालिका अध्यक्ष साहले आफ्नो बहुमत रहेको भन्दै विपक्षी दलका नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसको कार्यकर्ताको काम नगरिदिने उनीमाथी आरोप रहेको छ । घटना एक पत्रकारले केही दिनअघि विकास निर्माण कार्यको विवरण माग गरेका थिए । अध्यक्ष साहले ‘दिन मिल्दैन’ हप्काएर पठाइ दिए । त्यसपछि ती पत्रकारले सूचनाको हक बमोजिम निवेदन दर्ता गराएर विवरण माग गर्दा गापा अधिकृत रविन्द्र महतले उक्त विवरण दिन तयार भए । तर, अध्यक्ष साहले ‘तिमीहरुलाई दिन मिल्दैन ।’ ‘जानु जे लाग्छ गर्नु’ ‘यहाँका पत्रकारहरु काम लायक छैन ।’ ‘कहिले मेरो त कहिले विपक्षीको छाप्छन् ।’ आक्रोशित भएर ति पत्रकारमाथी हातपातकै प्रयास गरिएको थियो । हातपात नहुँदै विवाद साम्य भएको थियो ।

यही विवादसँगै गाउँपालिकाले गरेको आर्थिक अनियमिता सम्बन्धी समाचार आउँन थालेपछि अध्यक्ष साहले अस्ति पत्रकार सम्मेलन गरे । सम्मेलनमा अध्यक्ष साहले भने ‘यहाँ कुनै अनियमिता भएको छैन ।’ ‘अख्तियारमा उजुरी दिएको छ ।’ ‘अख्तियारलाई चाहिने सबै प्रमाण हामी दिन तयार छु ।’ एक स्रोतका अनुसार अख्तियारले आवश्यक कारवाहीको लागि गाउँपालिकासँग विवरण माग गरिसकेको छ ।

उता, नेकपा र काँग्रेसको सँयुक्त बैठकले गाउँपालिकाको कामकाज तथा विकास निर्माणमा भएको अनियमिता छानविनको लागि एक सँघर्ष समिति बनाएको छ । सो समितिको बैठक आज लक्ष्मीपुर पतारीको पिपरामा बसेको थियो । बैठकले उपभोक्ता समिति बनाउँदा सबैपक्षका समावेश गरेर बनाउँनुपर्ने जोड दिएका छन् । राजेन्द्र साहका सँयोजत्वमा १३ सदस्य उपसमिति बनाएको छ । समितिमा चतुरानन्द सिँह दनुवार, देवनारायण साह, राहुल यादवलगायत छन् । सो समितिले गाउँपालिकाले अनियमिता नरोकिए र विपक्षीलाई पेल्ने तथा हेप्ने प्रवृति अध्यक्ष साहले नरोके अगामी दिनमा हजारौको प्रदर्शन गरि गाउँपालिकामा तालाबन्दी गर्ने तयारीमा जुटेका छन् । अध्यक्षको कार्यसम्पादनमा सुधार नआए गाउँपालिकाको सबै कामकाज ठप्प पारेर उपाध्यक्ष आशा यादवलाई कार्यवाहकको रुपमा काम गर्न तयारी गर्ने बैठकका एक सदस्य बताएका छन् । पोखरभिन्डाका विष्णुदेव यादवलाई कुटपिट गर्दा स्थानीय सर्यौंको सँख्याले फागुन १८ गते गाउँपालिका अध्यक्ष साहलाई कार्यकक्षमै तीन घण्टा घेरा हालेको थियो । लप वडा ६ का अध्यक्ष राजेश्वर साह भन्छन् —‘सँघीय सरकारबाट ल्याएको तराई मधेश समृद्ध अन्तरगतको कार्यक्रमको लागि पोखरीको ठेक्का समाप्त गर्नुस् ।’ ‘योजनाको काम अघि बढाई दिनुस् ।’ ‘आज तीन महिनादेखि म चिच्चयाइरहेको छु ।’ ‘अध्यक्षले फ्रिज होस् भन्दै आलटाल गर्दै आएको छ ।’ सितापुर बजार पोखरी निर्माण हाट बजार व्यवस्थापन योजना स्वीकृत भएपनि विपक्षीलाई पेल्ने उद्देश्यले कार्यक्रममा गापा अध्यक्ष साहले रोक्दै आएको वडाध्यक्ष साहको आरोप छ । सिरहामा यस्ता आधा दर्जन गाउँपालिका तथा नगरपालिकाका प्रमुखले आफ्नो गोरुको बाह्रै टाका भन्दै विपक्षीलाई पेल्दै आएको छ । यसैको परिणाम स्वरुप सिरहाको कति स्थानीयतहमा आवश्यकता बमोजिम विकास निर्माण कार्य ठप्प रहेको छ । बहुमतको धक्कु लगाएर प्रमुखहरुले स्थानीयतहलाई निजी सम्पतीको रुपमा प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१