Siraha Times
ताजा समाचार

अनियमितता र लुटतन्त्रको जालो बन्दै सिराहाको लहान नगरपालिका

  • असार २९, २०८०
  • ११५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेेव सरदार, लहान , २९ असार । अनियमितता देखि अछुतो नहुने कुनै पनि जनप्रतिनिधि तथा कर्मचारी छैन । श्रृङ्खलाबद्ध रूपमा अनियमितता भइरहेको आरोप लागेको सिराहाको लहान नगरपालिकाका कर्मचारीले जथाभावी प्रोत्सहान भत्ता बुझ्दै आएको तथ्य खुलेको छ । जसमा तत्कालीन अधिकृत , लेखा अधिकृत , इन्जिनियर , कम्प्युटर अपरेटर देखि कार्यालय सहयोगीको हात रहेको देखिन्छ । लहान नगरपालिकाका लेखा अधिकृत माया नाथ आचार्य बिना कमिसन , बिना मेयर महेश चौधरीको तोक आदेश बिना फाइल पनि नछुने " कतिपय को जनगुनासो रहेको छ।" नगरपालिकाको हालैको १० औँ नगरसभा सम्पन्न गर्न नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्मले २५ हजारदेखि १५ हजार रूपैयाँसम्म प्रोत्सहान भत्ता लिएको भेटिएको छ ।

Open photo

नगरसभा सम्पन्न गर्ने नाममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले प्रोत्सहान भत्तास्वरूप २५ हजार १ सय, इञ्जिनियर शत्रुध्नप्रसाद चौधरीले २५ हजार १ सय, लेखा अधिकृत मायानाथ आचार्यले २५ हजार १ सय रूपैयाँ बुझेको देखिन आएको छ । त्यस्तै इञ्जिनियर सुशीलकुमार साह, अधिकृतद्वय रामकृष्ण महतो , रामविलास महतो, कम्प्युटर अपरेटर भगवानीलाल चौधरी, सवारी चालक शिवनारायण यादवले जनही २० हजार १ सय रूपैयाँका दरले प्रोत्सहान भत्ता बुझेका छन् । नगर प्रहरी इञ्चार्ज शम्भुकुमार बस्नेत, कार्यालय सहयोगीहरू ज्ञानदेव सहनी, सूर्यकुमार पौडेल, अरूणकुमार चौधरी, लालप्रसाद साह र रामशंकर महतोले जनही १५ हजार १ सयका दरले प्रोत्सहान भत्ता लिएको तथ्य खुलेको हो । यसरी सरकारी पैसाको जथाभावी दुरुपयोग भईरहँदा सम्बन्धित निकाय बेखवर हुनु खेदजनक हो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१