मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा ः पुर्व प्रधानमन्त्री देउवा

  • फागुन १८, २०७५
  • ५९१ पटक पढिएको
  • राजन सिंह
alt

राजन सिंह फाल्गुन १८ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा नेपालीपछि सबभन्दा बढि बोलिने मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा संविधानमै उल्लेख गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मैथिली विकास कोष जनकपुरधामको आयोजनामा शनिबारदेखि शुरु भएको ६ दिवसीय जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सवको उदघाटन गर्दै कांग्रेस सभापति देउवाले मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा रहेको बताउंदै आफ्नो पार्टी मैथिली भाषाको विषयमा संविधानमै उल्लेख गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । मैथिली भाषाको ईतिहास समृद्ध रहेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यस अघि पनि मैथिली भाषालाई नेपालको दोस्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउनका लागि पहल गरेपनि सफल नभएको चर्चा गरे । नेपालको हरेक क्षेत्रमा मैथिली भाषाको प्रयोग भएको बताउंदै उनले नेपालका लागि संघियता आजको आवश्यक्ता रहेको बताए । उनले भने‘ नेपालमा संघियता संस्थागत हुने क्रममा छ, अब संघियतालाई कसैले समाप्त पार्न सक्दैन ।’एक फरक प्रसंगमा बोल्दै पुर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकार जनताको अभिव्यतिm स्वतन्त्रता , वाक स्वतन्त्रता र जनताको सुसुचित हुने अधिकारलाई कुण्ठित पारेको आरोप लगाए । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिए लोकतन्त्र कमजोर हुने चिन्ता व्यतm गरेका छन ।

कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश दुईको नाम मिथिला भोजपुरा प्रदेश र भाषा मैथिली हुनुपर्नेमा जोड दिएका छन् । मिथिला भोजपुरा बाहेक अन्य नाम यो भूगोलका लागि उपयुक्त नहुने नेता नीधिले बताए । मैथिलीलाई दोस्रो भाषाको रुपमा संविधानको रुपमा उल्लेख गराउन पहिलो पटक सफल नभएपनि यो अभियान जारी नै रहेको नेता निधिले बताए ।

कार्यक्रममा सहभागी भएका नेकपाका नेता घनश्याम भुसालले मैथिली भाषा संस्कृति, कला साहित्य नेपालको साझा भाषा रहेको बताए । उनले मैथिली भाषाको ईतिहासले हामी सबै नेपालीलाई गौरवान्वित गर्दै आएको बताए ।

कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष एवम राष्ट्रिय सभा सदस्य बृशेषचन्द्र लाल , नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्र.ढ्गाना , रामकृषण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेकपा नेता रामचन्द्र झा , सत्रुधन महतो सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । ६ दिवसीय जनकपुर साहित्य कला एवंम् अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन गर्ने छ ।

महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल–भारतका विज्ञबीच संवाद तथा छलफल समेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

भोजपुरी टाइम्सले आफ् ...

वीरगंज २३ साउन । वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२ औं वार्षिकोत्सव शुक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१