ब्यबस्थापन समितिका अध्यक्ष चौधरीको कार्यकालमा सवै कुरा पारदर्शी

  • असार १९, २०८०
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल , १९ असार । सिराहाको धनगढीमाई ५ मा रहेको तिनकोनी माविको ब्यबस्थापन समितिमा सञ्जय चौधरी आएपछि विद्यालयमा आर्थिक गतिविधि लगायतको सबै पक्षमा पारदर्शिता कायम हुँदै आएको छ । धनगढीमाई नगरपालिकामा पहिलोपटक आम अविभावकको उपस्थितिमा अन्तर्क्रिया गर्दै यसरी निकाशा भएको रकम वितरण गरिएको हो । धनगढीमाई नगरपालिका वडा नं. ५ अन्तर्गत रहेको श्री जनता माध्यमिक बिद्यालय तिनकोनीले अभिभावकहरुको उपस्थितीमा छात्रा तथा दलित छात्रबृति रकम बितरण गरेको छ । छात्रवृत्तिको लागि नेपाल सरकारले आर्थिक वर्ष २०७९।०८० मा निकासा पठाएको रकम रु.१ लाख ७३ हजार ५ सय रकम बितरण गरेको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षता तथा वडा नं. ५ का वडा अध्यक्ष रामजतन कामैतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बालबालिकालाई छात्रवृत्ति वितरण गर्दै अभिभावकसंग बिद्यालयको पठन पाठनका बारेमा अन्तरक्रिया समेत गरिएकाे थियो । श्री जनता माध्यमिक बिद्यालय तिनकोनीले आयोजना गरेको कार्यक्रममा अभिभावकलाई पनि छात्रबृति रकमको बारेमा जानकारी होस र अभिभावकहरुले बिधार्थीहरुको शिक्षा क्षेत्रमै सो रकम खर्च गरोस र बितरण गरिएकाे रकम पारदर्शी होस भनी आम अभिभावकको उपस्थितीमा छात्रबृति रकम बितरण गरेको बिद्यालयका प्र.अ. जितेन्द्र चौधरीले जानकारी दिनु भएको छ । कार्यक्रममा बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, शिक्षिका अभिभावक तथा बिधार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१