जातिगत नामको त्रुटी सच्याउन आदिवासी जनजाति बरामले मन्त्रीलाई बुझाए ज्ञापनपत्र

  • असार १९, २०८०
  • १४७१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

काठमाडौ ,असार १९ गते । जातिगत नामको त्रुटी सच्याउन आदिवासी जनजाति बरामले मन्त्रीलाई ज्ञापनपत्र बुझएका छ्न । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी भेटेर आईतवार सिंहदरबार स्थित मन्त्रालयमा नेपाल बराम संघका केन्द्रीय अध्यक्ष भद्र कुमारी बराम नेतृत्वको बराम प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा सुचीकृत आदिवासी जनजाति मध्ये बराम, बरामु हुनुपर्नेमा त्रुटिपूर्ण रहेको बताईएको छ । बरामो आदिवासी जनजातिलाई संशोधन गरी बराम ,बरामु बनाउनुपर्ने तथा बराम/बरामु समुदायको आत्मसम्मान र मर्यादालाई कायम गराउन तथा उक्त त्रुटीलाई सच्याएर बराम/बरामु जातिको सरकारी कामकारवाहीमा सहजीकरणको लागि अनुरोध गरेका छन । भेटवार्ताको वातावरण समन्वयकारी भूमिका निर्वाह गरिदिएको मा धनुषा शहीद नगरपालिकाका पुर्व कान्छो मेयर उदय कुमार बरबरिया लाई बराम समुदायको तर्फबाट धन्यवाद प्रकट गरेको नेपाल बराम संघका सल्लाहकार अमर बरामुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

मनकामना स्कुलकी शिक् ...

लहान, मंसिर १९ । लहान मनाकामना स्कुलकी वरिष्ठ तथा समर्पित शिक्षिका अम्बिका देवी यादव २४ वर्षको निरन् ...

नेशनल इन्स्योरेन्सको ...

वीरगंज १९ मंसिर । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२० औं स्थापना दिवस वीरगंज सहित देशभरी भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१