सिरहा नपा वडा न.१७ मा नि:शुल्क आँखा शिविर सम्पन्न

  • असार १८, २०८०
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा असार १८ गते । सिराहा नगरपालिका नं. १७ वडा कार्यालयको सहयोग र ग्रामीण समाज संरक्षण केन्द्रको आयोजनामा नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । आधारभुत विद्यालय पटेर्वाको प्राङ्गणमा सगरमाथा चौधरी आँखा अस्पताल बाट खटिएका डाक्टरहरु द्वारा आखा चेकजाँच भएको हो । आज सोमबार बिहान १०:३० बजे देखि शुरु भएको नि:शुल्क आँखा शिविरमा १ सय जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो। निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो भने सो शिविरबाट ३४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत ग्रामीण समाज संरक्षण केन्द्र ईनर्वा सुनसरीले गर्ने संचालक दयाराम यादवले जानकारी दिएका छन । । शिविरमा आँखा जाँच गराएकामध्ये २७ जनालाई निःशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ८७ जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । आगामी दिनमा यस्ता कार्यक्रमहरु र लाभान्वित हुने विभिन्न कार्यक्रम ल्याउने सिरहा नगरपालिका वडा न.१७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१