Siraha Times
ताजा समाचार

सिरहा नपा वडा न.१७ मा नि:शुल्क आँखा शिविर सम्पन्न

  • असार १८, २०८०
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा असार १८ गते । सिराहा नगरपालिका नं. १७ वडा कार्यालयको सहयोग र ग्रामीण समाज संरक्षण केन्द्रको आयोजनामा नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । आधारभुत विद्यालय पटेर्वाको प्राङ्गणमा सगरमाथा चौधरी आँखा अस्पताल बाट खटिएका डाक्टरहरु द्वारा आखा चेकजाँच भएको हो । आज सोमबार बिहान १०:३० बजे देखि शुरु भएको नि:शुल्क आँखा शिविरमा १ सय जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो। निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो भने सो शिविरबाट ३४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत ग्रामीण समाज संरक्षण केन्द्र ईनर्वा सुनसरीले गर्ने संचालक दयाराम यादवले जानकारी दिएका छन । । शिविरमा आँखा जाँच गराएकामध्ये २७ जनालाई निःशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ८७ जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । आगामी दिनमा यस्ता कार्यक्रमहरु र लाभान्वित हुने विभिन्न कार्यक्रम ल्याउने सिरहा नगरपालिका वडा न.१७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१