गोप्य टेण्डर प्रकाशित गराई करोडौं करोड भ्रष्टाचार गर्दै

पकहाँ मैनपुर गा.पा.का भ्रष्ट अधिकृत राज कुशवाहा

  • असार १८, २०८०
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १८ असार । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र आफ्ना एक सहयोगी मार्फत असार मसान्त भन्दै खुल्लेयाम ठेक्केदार एवं एनजिओहरु सँग कमिशन मागी रहेको समाचार प्राप्त भएको छ । भ्रष्ट अधिकृत कुशवाहाले भौतिक पूर्वाधारको कार्यमा २० प्रतिशत र सामाजिक विकासको कार्यमा ३० प्रतिशत अनिवार्य कमिशन लिएर मात्रै कार्यादेश दिने गरेको जनाईएको छ । असार मसान्तको अन्तिम बेलामा एनजिओ र क्लबहरुलाई विभिन्न तालिम, शिविर चलाउन कार्यदेश दिंदाकै बखत भ्रष्ट अधिकृत कुशवाहाले कमिशनको मोलमलाई गरी दिने गरेको र कमिशनको कुरा नमिलेका एनजिओहरुलाई अर्को आर्थिक वर्षमा दिने भन्दै झारोटार्ने काम गरिरहेको एक एनजिओका अध्यक्षले बताए ।

आर्थिक वर्ष सकिन लाग्दा लक्षित वर्ग एवं सामाजिक विकासका कार्यक्रमहरु धमाधम कमिशन लिएर कार्यकारी अधिकृत कुशवाहाले विक्रि गरी करोडौं करोड भ्रष्टाचार गरिरहेको समाचार स्रोतले जनाएको छ । त्यसैगरी गाउँपालिकाको वडा नम्बर ४ खेश्राहा चौक देखि लहावरथकरी जगसालासम्म जाने सडकखण्डमा भ्रष्ट अधिकृत कुशवाहाले मोटै कमिशन लिएर ग्रेवल गर्न ठेक्का दिएका थिए । १.५ किलोमिटर लम्बाइ रहेको सो बाटो ग्रेवल गरेको एक हप्ता नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन ग्रेवल गर्ने ठाउँमा माटो बालुवा प्रयोग गरिएका कारण ग्रेवल उप्किएको स्थानीयले बताएका छन् ।

ठेक्केदारले पनि के गरोस ? ठेक्का सकार गर्ने बेलामै पालिका अध्यक्ष सुरेश मेहता र कार्यकारी अधिकृत कुशवाहाले आफ्नो कमिशन लिएपछि ठेक्केदारले पनि कमसल सामग्री प्रयोग गरी जेनतेन बाटो ग्रेवल गरेको ठेक्केदार निकट एक कर्मचारीले बताए । अधिकृत कुशवाहाले वीरगंजको एक पत्रिकामा गोप्य रुपमा टेण्डर प्रकाशित गराई कमिशनको भरमा ठेक्केदारलाई १ करोड ५० लाख बराबरको टेण्डर दिन सफल भएको बताईएको छ ।

बाटो ग्रेवल गर्ने बेलामा वडा नम्बर ४ का वडाध्यक्ष ढेडी प्रसाद यादवले ढुंगा, गिटी, बालुवा राखेर रोलर चलाउनु पर्नेमा त्यसो नगरी माटो बालुवा मात्र पूरी रहेको देखेपछि पालिका अध्यक्ष मेहता र अधिकृत कुशवाहालाई बारम्बार भन्दा पनि वेवास्ता गरेको बताए । अधिकृत कुशवाहाले इन्जिनियरलाई बोलाई सबै काम ठिकठाक हुंदैछ भनि लेख्न लगाई जबरजस्ती कमसल सामग्री प्रयोग गरे पनि पास गराए । अहिले सो सडक पहिलाको जस्तै भएको स्थानियहरुले बताएका छन् । जनताले तिरेको करबाट उठेको राजस्वमा पालिकाका अधिकृत कुशवाहाले रजाई गरिरहेको स्थानियहरुले आरोप लगाएका छन् ।

अहिले पालिका अन्तर्गतको अधिंकाश कार्यमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य गर्न लागिएको एक स्थानीयले बताए । यो पालिकाको विकास नभएर विनाश तर्फ उन्मुख भएको उनको जिकिर छ । सो बाटोको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी समेत भएको स्थानियहरुको भनाई रहेको छ । यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश मेहता संग बुझदा त्यहाँ ग्रेवल नै गरिएको हो भनेर दाबी गरे । ग्रेवल गरी सकेपछि स्थानियबासीहरुको अनुसार माटो पुरिएको भनि हास्यास्पद प्रतिक्रिया दिए । प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहालाई सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१