ताजा समाचार

धनुषाका संस्थागत विद्यालयहरु भोलि बन्द

  • फागुन १५, २०७५
  • १०२४ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह फाल्गुन १५ धनुषाका संस्थागत विद्यालयहरु भोलि बन्द हुने भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा शोकको घोषणा गर्दै एनप्यावसन धनुषाले भोलिका लागि संस्थागत विद्यालयहरु बन्द गरि शोक मनाउने निर्णय गरेको छ । एनप्यावसन धनुषाको बुधवार बसेको बैठकले विद्यालय बन्द गरी शोक मनाउने निर्णय भएको एनप्यावसन धनुषा अध्यक्ष चन्द्र नारायण मंडलले जानकारी दिएका छन । यता मन्त्रिपरिषद्को बुधवार आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइने छ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।

ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । एयर डाइनेस्टिको एएस ३५० हेलिकप्टर आजदिउँसो साढे एक बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा संस्कृतिपर्यटन तथानागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी,यति एयरलाइन्सकाअध्यक्ष आङछिरिङ शेर्पा, नेपालनागरिक उड्ययनप्राधिकरणका उपमहानिर्देशकवीरेन्द्रप्रसादश्रेष्ठ, मन्त्रीअधिकारीकापिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्रीकार्यालयका सल्लाहकार युवराजदाहाल, नेपालनागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहनुभएको छ । फक्ताक्लुङ गाउँपापालिका–३ लिङखिमको मयाम सिरानस्थिततारेढुङ्गामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर फेला परेको फेदीका अहेव उपनाथपौडेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤